उपन्यास

 ‘मधुमिलन’

– लेखक ः रुपा राई
– कमप्युटर टाइप ः रवि थापा

पूर्वादर्ह
आज बिहान देखि एकनासको पानी परिरहेछ । सिरकलाई पन्छाउँदै ओछ्यानबाट उठेँ । आँखाको धमिल्याई संगै झ्यालबाट बाहिरका दृश्य थियो । आकाशको नीलो रंगमा बादलले एकछत राज गरिरहेको त्यो पल,चिसो मौसम,झमझम् पानी परिरहेको पानीको थोपाले जमिनलाई आपm्नो गन्तब्य बनाईरहेको थियो । बगैचामा रहेको सम्पूर्ण बोट बिरुवाहरु नुहाइरहेको झैँ लाग्थ्यो । एउटा बेग्लै प्रकारको वातावरण । यो वातावरणले कतिलाई खुशी अनि कतिलाई दुःखी तुल्यायो होला । पानी परेको वातावरणले दुःखी तुल्याउने मध्ये म पनि  एक हुँ ।
    आज किन किन मलाई नरमाइलो लागिरहेछ यो मौसम । हुन त यस्तो मौसम जीवनको ५३ बर्षसम्म कति पार गरियो कति फेरि पनि कुनै कुनै बेला यस्तो मौसमले मुटु दुखाउँछ ।आज फेरि रुन मन लाग्यो मुटु भरिका सबै बह फुकाएर । लाग्छ आज यो झरी सँगै आफ्ना मन भरिका सारा पीडा आँखाबाट झारी मिलाइ दिउँ माटोमा सदा सदाको लागि ।
    यदि यो मन कागती जस्तै हुँदो हो त चुलेसीमा काटी मनको पीडा रस झै निचोरी खाली बनाउँथ्थे । यो मन हल्का बनाउँथ्यो ।
तर सोचेको जस्तो कहाँ हुन्छ ? आज फेरि अतीतको पल ताजा भएर आयो । म पानी पर्दा प्रायः सधै रुन्छु । यस्तै झरी परेको दिन मेरो जीवनमा ठूलै घटना घटेको थियो । म आखालाई बाहिरको दृश्यमा भुलाउने कोसिस गर्दै थिएँ । बाहिरको दृश्य र मेरो आँखा बीच आँशु पर्खाली बनिसकेछ । मैले आँशु पुछ्न थाले,झ्याल सँगै रहेको एउटा कुर्सीमा बसेर अतीतलाई पल्टाउन थाले ।
    एउटा सानो गाउँ जुन शहरबाट धेरै टाढा छैन । शहरको नजिक भएतापनि रुढिबादीले ग्रस्त छ त्यो गाउँ । अनि त्यहाँका मान्छेहरु पनि । भनिन्छ नि दियो मुनिको अध्यारो । त्यस गाउँमा मेरो जन्म भयो माहिली छोरीको रुपमा , मेरो नाउँ मधु, मेरो ठूली दिदीको नाउँ मालती अनि मेरी सानी बहिनीको नाम मुना, तीनै जनाको मायाको केन्द्रविन्दु मेरी आमा मेरो बुबाको देईवटी श्रीमती, जेठी मेरी आमा । बुबा फौजीमा काम गर्नु हुन्थ्यो तर अहिले उहाँ रिटायर भैसक्नु भयो । अहिले उहाँ घरमै बस्नु हुन्छ एउटा छोरा खेलाएर । फौजीमा काम गरे तापनि रुढिबादी मानसिकताले ग्रस्त हुनुहुन्थ्यो । त्यसैले त मेरी आमाले तीन वटी छोरी मात्र पाई भनेर छोराको लागि अर्को विवाह गर्नुभयो । मेरो बुबाले हामी चार जनालाई ज्यादै हेलाँ गर्नुहुन्थ्यो । हाम्रो परिवारलाई एक रति पनि सहयोग गर्नु हुन्थेन । हामी चार जना सानो पुरानो छाप्रोमा बस्यौँ भने मेरो बुबा  सानी आमा नयाँ घरमा बस्नुहुन्थ्यो । हाम्रो परिवारलाई दुई छाक खान पनि धाँै–धाँै थियो तर मेरी सानी आमालाई त्यस्तो केहि दुःख थिएन । बुबाको सवै सम्पति आपm्नो नाममा राख्नु भएको थियो । हाम्रो भागमा केहि थिएन् । सानी आमा र बुबाले मलाई केहि दिनुहुन्नथ्यो । खै किन हो ? हामीलाई उहाँहरुले देखिनसहेको ।
    हामी भन्दा त उहाँहरुले पाल्नु भएको कुकुर कति भाग्यमानी उसले कम से कम मायाले दिएका जुठो खान त पाउँथ्यो । हामीले त माग्दा पनि दिनु हुन्थेन । मेरी आमा र दिदी गाउँ घरतिर ज्यामी काम गर्नु हुन्थ्यो, र मेरी आमा र दिदी एकदमै सोझी जसले जति दुःख दिए पनि सहनु हुन्थ्यो । तर म सानैदेखि अभाव पीडा र अन्यायमा पिल्सिएर हुर्केकी ले होला मेरो स्वभाव अलि चण्डाल थियो मलाई बुबा भन्ने शब्दसँग धेरै घृणा थियो । म थिचोमिचो सहन नगर्ने खालकी थिँए । मलाई अन्याय मन पर्दैनथ्यो तर पनि सहन बाध्य थिएँ किनभने म त्यतिखेर मात्र पन्ध्र वर्षकी थिएँ । मेरी बहिनी मुना दश वर्षकी । चाहेर पनि केहि गर्न सक्दिनथेँ । आमा र दिदीले हामी दुईलाई चाहि गाउँकै स्कुलमा जसोतसो गरि पढाँउनु भयो । यस पढ्ने क्रममा पनि मेरी सौतानी आमा र बुबाले सधै ब्यङ्गय गर्नु हुन्थ्यो । कहिले नाथे छोरी भएर के पढ्न रहर गर्छे त कहिले अर्काको भिता टाल्ने जात । छोरीले यस्तो गर्नु हुँदैन त्यस्तो गर्नु हँुदैन,छोरीले यो गर्न सक्दिन त्यो गर्न सक्दिन । यी यस्ता वाक्य सुन्ने गर्थे या भनुँ मलाई सम्झाइन्थ्यो मेरो परिचय र सीमा,त्यो पनि बारम्बार ।
    यस्तो वाक्य सुन्दा–सुन्दा कान पाकि सकेको थियो । मेरो कहिलेकाही त म छोरी भएर जन्मेको मा पछेतो लाग्थ्यो । समय सँगै म पनि अलि बुभm्ने भैसकेकी थिएँ । मैले सोह्र वर्षमा एस Þएल Þसी Þपास गरे दोस्रो श्रेणीमा , त्यस पछि मैले कलेजमा भर्ना गरेँ । उच्च शिक्षको लागि । यो कुरामा पनि मेरो बुबा र सानी आमालाई सहय् भएको थिएन । त्यसैले त हाम्रो परिवारलाई देख्ने वितिकै विभिन्न ब्यङ्गय वाण प्रहार गर्नुहुन्थ्यो तर पनि हामी सुनेको नसुने झै गरि हिड्थ्यौँ । आमा र दिदीले मलाई पढ्नु पर्छ भनेर प्रोत्साहन गर्नु हुन्थ्यो । उहाँहरुको यही साहारालाई मैले आफ्ने आँट बनाएर अघि बढेँ । सानी आमा । हाम्रो घर जोडिएको थियो आँगन एउटै थियो । हामी आफ्ने मानो खाएर पनि प्रायः उनीहरुको रुखो बचन सहनु पथ्र्यो । म त उनीहरुसँग झगडा गर्न तम्सिन्थ्येँ, तर आमा र दिदीले मलाई रोक्नु हुन्थ्यो ।
    त्यतिन्जेलसम्म त मेरो जिन्दगीको खासै केही लक्ष्य नै थिएन, जसोतसो जिन्दगी काट्नु थियो । तर जिन्दगीमा कति यस्ता मोड आउँदा रहेछन् जुन समयमा हामी त्यस मोडमा स्वातै मोड्नु पर्ने हुँदो रहेछ, चाहेर या नचाहेर । फरक यति मात्र हो कसैले त्यो मोड पहिलै देखिसकेको हुन्छ भने कसैले देखेको हुँदैन । नदेखेको मोडमा संयम अपनाउन सक्यो भने सफल भइन्छ यदि सकेन भने ठूलो दुर्घटना हुन पुग्छ ।
    एक दिन साँझ पाँच बजेको हुँदो हो । मेरी दिदी मालती काम सकी घरतिर आउदै हुनुहुन्त्यो । आज आमा बिरामी परेकोले काममा जान सक्नु भएन । त्यसैले दिदी मात्र जानु भएको थियो । बाटोमा आँउदै गर्दा अचानक आँखामा उडिरहेको सानो किरा परेछ । दिदी आँखा चिम्ली एकछिन त्यही उभिनु भएछ । त्यही समयमा त्यही बाटो आउँदै गरेको त्यही गाउँको एक जना दाइले देख्नु भएछ र दिदीको आँखामा भएको कीरालाई रुमालको सहायताले निकाल्न खोज्नु भएछ । दिदी कता–कता डराइरहनु भएको थियो किन भने  दिदीलाई बुबाको आदेश यस्तै थियो कि गाउँका कुनै केटासँग नबोल्नु, सिधा बाटो हेरेर हिड्नु यस्तै यस्तै Þ Þ Þ। त्यो दाइले दिदीको आँखाबाट कीरा निकाल्ने क्रममा त्यो बाटो गरेर आउँदै गरेको मेरो बुबा र उसको सालोले त्यो दृश्य देखेछन् । नराम्रो मन नराम्रै सोचेर हेरेकोले होला त्यो दृश्य असह्य भएछ दुवैलाई । अनि त कारण के चाहियो र मेरो बुबा सिधै गई दिदीको चुल्ठोमा समाती कुट्न थाल्नु भएछ सालोले चाहि त्यो दाइलाई कुट्न थालेछ । त्यो दाइले त भन्न खोज्दै हुनुहुन्थ्यो तर उनीहरुले मौका नै दिएनन । त्यो दाइलाई दुईचार लात हानी छाडिदिनुभएछ । दिदीलाई चाहि गाली गर्दै कपालमा समाती घर लिएर आए दुवैले ।
        म कोठामा बसि रहेकी थिँए । खानाको लागी जोरजाम गर्न ,आमा खाटमा पल्टिरहनु भएको थियो । एक्कासी घरको आँगनमा ठूलो आवाज गुन्जियो । सीता ए सीता बाहिर निस्की आज म तिमीहरु चारै जनाको चिहान पार्छु । म झसंङ्ग  भएँ सायद आमा पनि झसंङ्ग हुनुभयो होला त्यो आवाज सुनेर । हामी हत्तार हत्तार बाहिर निक्लियौँ । हामी बाहिर आए पछि चुल्ठो समात्दै गरेको दिदीलाई एक्कासी हामी भएको ठाउँमा हुत्याइदिनु भयो । त्यो व्यवहारको कारण हामी अझै पनि अनभिज्ञ नै थियौ । दिदीलाई यसरी हुत्याउँदा आमा र मैले समात्यौँ । बुबा झन ठूलो स्वरले कराँउदै सम्हाल तेरी छोरीलाई गाउँका केटाहरु सँग निकै लसपस देख्छु । यति भन्न नपाउँदै मैले कारण बुझे । त्यतिन्जेलसम्म घर वरिपरिका छिमेकीहरु त्यो रमिता हेर्न कोही भm्यालबाट त कोही ढोका अनि कोही आगँन मै आइसकेको थिए ।
बुबा अगाडि बढेर फेरि दिदीलाई नानाभाँती गाली गर्दै कुट्न झम्टिनु भयो तर मैले र आमाले छेक्यौ । हामीले छेकेर होला बुबा आमातिर खनिनु भो, मैले आमालाई कुट्दा पनि छेकेँ । त्यस पछि मतिर खनिनु भो । यो रमिता सबै जनाले हेरि रहे मुक दर्शक बनी । त्यहाँ हिम्मत गरेर छुट्याउन आउने र नकुट भन्ने कोही भएन । होस पनि कसरी जो छेट्याउन जान्थ्यो उसैसगँ नाम जोडेर नाना थरीको आरोप लाग्थ्यो । त्यतिकैमा सानी आमा बाहिर आएर आगोमा घ्यू थप्ने काम गरिन, जस्तो आमा उस्तै छोरी नि , छोडी दिनु भित्र हिन्नुस भन्दै बुबालाई बोलाइन । सानी आमाको यस्तो तितो वचनरुपी वाणले मलाई अश्हय भयो । मेरो शरीरको रगत तातिदै आयो । दिदी कुनामा बसेर रोइरहनु भएको थियो आमा छेवैमा मौन थिइन । दुवैलाई हेरे त्यो लाचरिपनमा साह्रै रिस उठ्यो । मन मनै भने उठ आमा उठ, आब पनि अन्यायको विरुद्ध नउठे धेरै ढिला हुन्छ । फेरि एक प्रकारले माया लागेर आयो त्यो स्थिति हेर्दा । झल्याँस्स मेरो आँखा आमाको मुखबाट बग्दै गरेको रगतमा प¥यो त्यो देख्ने बित्तिकै धेरै रिस उठ्यो, अनि दौडदै गएर आमाको मुखको रगत पुछ्न थाले । आफूले लगाएको लुगाको एक छेउले । बुबा आफ्ने सुरमा कराँउदै थियो त्यसमा घ्यू थप्ने काम सालो र दिदीले गरिरहेका थिए । नानाभाँती गाली गर्दै बुबा फर्केर आमातिर बढ्नु भयो । म आमासँगै थिएँ । त्यसैले आमाको अगाडि घाइते बगिनी, घाइते नागिनी बनेर उभिएँ । मेरो अनुहारको वा भनै आँखाको क्रोधलाई बुझेर पछि हट्नु भयो, भन्दै हुनुहुन्थ्यो यसले त गाउँमा हाम्रो इज्जत नै फाली । यति सुन्न नपाउँदै मैले अघिदेखि रोकेर राखेको आक्रोश रिसलाई रोक्न सकिनँ । जे को पनि सीमा हुन्छ । त्यसैले आफू भित्रका सहनशीलताको बाँध फुटेर होला मैले राता राता र ठूला ठूला आँखा पारी ठूलो स्वरले जवाफ दिएँ बुबालाई – चुप लाग्नुस् ,तपाई कुन इज्जतको कुरा गर्नु हुन्छ हँ । अर्कालाई इज्जतको कुरा सिकाउनु अघि आफ्नो इज्जत छ कि छैन हेर्नुस महाशय । मैले फेरि थपे कसैको इज्जत राख्न सक्नु  हुन्छ भने इज्जत बिगार्ने हक पनि तपाइलाई  छैन । यसरी आँगनमा दुनियालाई नचाहिने कुरा सुनाइर तपाईको आफ्ने इज्जत आफैले कम गर्दै हुनु हुन्छ । तपाईको व्यवहारमा तपाईको चरित्र झल्किदैछ , हाम्रो होइन ।
    मैले यसरी कराएकोले होला बुबा झन रिसाएर झम्टौला झैँ गरी–तँ चुप, यसरी भन्नु भयो मानौ म कुनै सानो जनावर हुँ बडो जान्ने भएर पोथी बास्छे । बुबाको यो बचनबाट झनै मलाई रिस उठ्यो । म पनि के कम मैले भने —जव भालेहरु ओथारा बस्छन् तव पोथी बास्छे । अब हाम्रो चर्काचर्की शुरु भइसकेको थियो । रमितेहरु पहिलेका भन्दा बढिसकेका थिए । आमाले मलाई चुपलाग नानी नकराउँ यस्ता हरुसित भनिन् । मैले आमालाई पनि पन्छाउँदै अगाडि बढे वा फेरि जङ्गिएर–नाथे केटी भएर मसँग मुख मुखै लाग्छे । अहिले सम्म त कसको भरमा बाचिस् हँ ? मसँग बडो मुख मुखै लाग्दी रैछ । जसको कुनै अस्तित्व छैन उही बढी चम्किन्छे । मैले पनि जवाफ दिएँ–अरे तपाई आफूलाई के सम्झनु हुन्छ । जन्म दिदैमा कोही बुबा हुदैन, बुबा हुन त कर्म दिन सक्नुपर्छ । तपाई मेरो कोही हैन बुझ्नु भो । मेरो लागि बुबा पनि र आमा पनि सबै मेरी आमा हो । तपाई जस्ताको भर हामीलाई चाहिदैन, जसको भर दुई वटी श्रीमती छन् त्यस्ताले हामीलाई के भर देला । बुबाको सालोले थप्यो–चुपलाग चोथाले तैले के गर्न सक्छेस । जान्ने हेन्छे । हामी सँग जोरी नखोज खुट्टाको तलुवाहरु,हाम्रो दयामा बाँच्ने जात भन्दै मतिर खनिए ।
    म पनि के कम–दया भन्दै एक पल्ट हासे,–हामीलाई दयाको भीख दिन्छ जो खुद एउटी नारी दिदीको दयामा बाच्दै आएको छ । मैले यसरी मामा भनाउँदो सँग मुख मुखै लागेकोले होला बुबा रिसले आगो हुनुभयो । चुपलाग नखरमाउली भन्दै एक चड्कन मेरो गालामा हान्नु भयो । मैले पनि त्यसको जवाफ दिन सक्थे, तर मलाई खै केले रोक्यो के ले । गालामा भन्दा नाकमा बढी जोड परेर होला मेरो नाकबाट रगत बग्यो । आमा आत्तिदै कपडाले नाक पुछ्न आउनु भयो । मैले आमालाई नआतिने सल्लाह दिदै नाकको रगत बग्न दिएँ । बग्दै गरेको रगत हातका लिई देखाउदै भने–आजबाट म तपाईको खुन बाट मुक्त भएँ । तपाईले नै आज मुक्त गरी दिनु भयो मलाई । अब न त खुनको सम्बन्ध रह्यो त त गुनको, आज म एकदमै खुशी छु मेरो बाउको दूर्षित रगत मेरो शरीरबाट बाहिर निस्क्यो । त्यतिनजेलसम्म मलाई वरिपरिका रमितेहरुको ख्याल नै रहेन । उनीहरुले के भने कस्तो प्रतिक्रिया जनाएँ । त बस दुष्ट ढुंगाको मान्छे, राक्षस मेरो बाँउलाई मात्र ख्याल भयो । बुबा–तैले के गर्न सक्छेस र बढी फूर्ति लगाको हामी विना तिमीहरुले केहि गर्न सक्दैन, अर्काको घर जाने जात, जति उफ्रे पनि कुवामा । जन्मिदा परिवारलाई बोझ, बिहे ग¥यो लोग्नेलाई बोझ ।
    म सँगै मेरा सम्पूर्ण नारी जातिलाई हेलाँ, उपहास र घृणा गरेको देखेर मलाई झन रिस उठ्यो । उनीहरुको नजिक गएर भने–त्यसो हो भने आजबाट पृथ्वी मातालाई पनि नटेक्नु दुर्गा, लक्ष्मी, सरस्वतीलाई पनि नपुज्नु, आमालाई पनि नमान्नु किन भने उनीहरु पनि नारी नै हुन् । मैले उनिहरुलाई च्यालेन्ज गर्दै भने– केटी ले के गर्न सक्छे भनेको होइन हेर्दै जानु तपाई पनि यहीँ र म पनि यहीँ, तिमीहरुको अगाडि यो समाजमा एक्लै विना पुरुष बाँचेर देखाँउछु । विवाह नगरी बस्नेछु ।
    मैले बाचा गरे, कसम खाएँ त्यो समाजमा कि म अब विना पुरुष एक्लै बाँचेर देखाउनेछु । यही नै मेरो जीवनको भीष्म प्रतिज्ञा थियो । मेरो कसम सुनेर बुबाले थप्नुभयो तर अलि सानो स्वरमा–हेरौला तेरो कसम, कुन चाही राम्रो केटो पायो भने पोइला जाने जात, तँ पनि तेरो फुँपू जस्तै त हो नि । भन्दै घर भित्र पस्नु भयो । सायद अब म सँग कराउन ठीक नलागेर हो वा नसकेर । अनि म पनि आमा सँग कोठा भित्र गँए त्यतिन्जेलसम्म मेरो नाकबाट रगत आउन बन्द भइसकेको थियो । हामी भित्र छिरेपछि बरपरका छिमेकीहरु पनि विभिन्न राय र कुरा गर्दै आ–आफ्ने घर फर्के ।
बेलुका करिब ७ बजेको हुदो हो, बिस्तारै साँझ छिपिदै रातको आकार लिदै थियो । कोठामा गएँ, अघि रगत लागेको लुगा फुकाले । तीन जना चुपचाप थियौ, मैले मनमनै अघिको आफ्नो ब्यवहार मूल्याङ्कन गरे । जे गरे ठीकै गरे भन्ने लाग्यो । जब ठूला मान्छेले नै आफ्नो सीमा नाग्छन् भने मैले के गर्ने । दिदीलाई हेरे कोठामा एउटा कुनामा बसी रोईरहनु भएको थियो । मालतीनिर गए ऊसँगै बस्दै उसलाई सम्झाएँ–किन रोएको तैले रुनु पर्ने कारण नै केहि छैन तँ माथि हामीलाई पूरा विस्वास छ । आमाले पनि सम्झाउनु भयो दिदीलाई । रात छिपिदै गयो राति तीनै जना निदाउन सकेनै । आमाले बुबाले केटीलाई किन घृणा गरेको भनेर रहस्य खोल्नु भयो । मेरो बुबाको एक बहिनी थिइन् रे, बुबाले मेरी फुपूलाई औधि माया गर्नु हुन्थ्यो रे तर पछि फुपू ठूली भए पछि दाइको मायालाई बास्ता नगरी पानी नचल्ने जातको केटासँग भागेर घरजम बसाउनु भएछ । त्यही भएर बुबाले नारी जातिलाई घृणा गरेको रहेछ ।
    मेरो मनमा एउटै कुरा खेलिरह्यो त्यो रात । कसरी राम्रो काम गरुँ, कसरी आफ्नो परिवारलाई पालुँ । जीवन स्तर कसरी माथि लानु पहिलो कुरा त म आफ्ने खुट्टामा आफै उभिनु पर्छ । त्यसको लागि मैले काम गर्नु पर्छ, यही सोचेँ ।
    विहानी भयो एउटा नयाँ उमंङ्ग, जोस, जागँर, लक्ष्य सँगै । आज कलेज पनि गइनँ, कामको खोजीमा लागेँ, चिनेजानेको मान्छेकहाँ हार गुहार गर्न पुगेँ, तर काम पाउन सकिनँ । पाओस् पनि कस।ी भर्खर एस Þएल Þसी Þपास गरेको कामको कुनै अनुभव नभएको । पत्र पत्रिकाहरुमा मागेमो ठाउँमा धाउन थाले । करिव ४ महिना पछि मैले एउटा ठूलो कम्पनी मा बजार प्रतिनिधिको जागिर पाएँ । म एकदम खुशी भएँ । त्यो साने पद पनि मेरो लागि लाख भयो । मेरो एउटै लक्ष्य भन्नु भै म र मेरो परिवारलाई पाल्नु र सुख दिनु थियो । म विहान कलेज जान्थे अनि त्यतैबाट अफिस जान्थे । मैले जागिर खाएको पनि उनीहरुलाई अश्हय भयो । सधै मलाई अपहास गथ्र्ये । उनीहरुको जे भने पनि मलाई केही वास्ता नै लाग्दैन थियो । अब मलाई उनीहरु सँग केही लिनु र दिनु थिएन । मेरो जिन्दगीको लक्ष्य नै पैसा कमाएर समाजमा राम्रो सँग बस्नु र परिवारलाई सुख दिनु थियो । यसरी जीवन बित्ने क्रममा २ बर्ष बजार प्रतिनिधिको काम गरेँ । त्यसपछि मेरो पद्धोनति भयो । त्यसै दौरानमा मैले विभिन्न कामहरु सिके,प्रमाणपत्र तह पनि उत्तीर्ण गरे । अब म त्यस कम्पनीको ट्रेनरको रुपमा काम गर्न थाले । बिभिन्न ठाउँमा गएर कामको बारेमा जानकारी गराउनु पथ्यौ । समय बित्दै जाँदा सात बर्षमा केही रकम जम्मा गरे । अफिसबाट ऋण निकालेर किस्ताबन्दीमा घर किनेँ । घर किन्ने बेला आमाले आफ्नो पेवा गहना बेचेर सहयोग गर्नु भयो ।
समय बित्दै जाँदा हाम्रो आर्थिक स्थिति पनि सुध्रियो । हामी चार जना बुबाको घर छाडी आफ्ने सानो घरमा आएर बस्न थाल्यौ । अव भने बल्ल हामी शान्तसँग बस्न पायौ । एक प्रकारले स्वर्गमै पुगेको अनुभव ग¥यो हामीले । त्यसपछि हामी कहिल्यै पनि त्यो नर्कमा गएनौ, कुनै खबर पनि राखेनौ ।
आमा घरमै बस्नु हुन्थ्यो, दिदी पनि बिवाह नगरी बस्ने कुरामा अड्गि रहिन् त्यसैले सिलाइ बुनाइ सिकी त्यसै क्षेत्रमा लाग्न थालिन् अनि मुना स्कूल पढ्दैथिइन् ।
हुनत म भर्खरको उमेरको भएतापनि मेरो मनमा कहिल्यै रमाइलो हाँसखेलको कुरा आउँदैनथ्यो । जब कि म सँगै काम गर्ने मेरा साथीहरु रमाइलो माया प्रीतिका कुरा गथ्र्ये । विवाह अनि घरजमका कुरा गथ्र्ये तर म यी सब कुराबाट टाढा बस्थे । म अफिसबाट बचेको समय आफ्नो घर परिवारलाई दिन्थे । एक दिन लन्च समयमा सवै चौरमा बसिरहेका थियौ, म पनि त्यही चौरको एक छेउमा गएर बसे । त्यही समयमा मेरो साथीको मोबाइल बज्यो र साथी उठेर अलिक पर गएर मोबाइलबाट कुरा गरिरह्यो यो सबैले हेरि रह्यौ । बातचित खतम गरी पुनः हामी भएको ठाँउमा आई त्यो साथी । ऊ आउने बित्तिकै एउटा साथीले सोधी कसको फोन पूजा । पूजाको अनुहारमा बेग्लै किसिमको चमकता छायो । अर्को साथीले थपिन्–के हो ? किन फोन गरेको, भोज खुवाउने कहिल्ये । पूजा हाँसि मात्र रहिन । म पनि यो सब कुरा सुन्दै थिएँ छेवैमा बसेर ।
त्यस समुहका प्रायः सबै केटीहरुको प्रेमी थिए र कसैको चाहि बिवाह भैसकेको थियो । त्यस समुहकी मित्रले मलाई सोधिन्–तिम्रो चाहि कोही छैन ? मैले जवाफ दिएँ –माया प्रेम विवाह यी सब वाहियात हुन् । मलाई यी सब कुरा मन पर्दैन त्यसैले मेरो कोहि पनि छैन । म बनाउँन पनि चाहन्न्ाँ । मैले बडो ठाँटका साथ भने । पुनः मित्रले भन्यो–ल तिमी त कस्तो लाटी, माया प्रेम भन्ने कुरा पनि आफैले बनाउने हो र ? त्यो त आफै हुन्छ । माथिबाटै बनेर आएको हुन्छ ।
पूजा–त्यसैले त भगवान्ले सबैको लागि जोडी बनाइदिनु हुन्छ । तिम्रो जोडी नभेटेर नि, जब भेट्नेछौ माया आफ से आफ हुन्छ । उसको यो कुराले म एकछिन घोरिएर सोच्न बाध्य भएँ । साँच्चै यस्तै हो भने–हे भगवान् सबैको लागि बनाइदेऊ तर मेरो लागि, मेरो लागि कोही नबनाइदेऊ । मलाई मायाबाट टाढा राखि देऊ । मनमनै यही कामना गरे । त्यस पछि म जुन मन्दिरमा जान्थे त्यो मन्दिरमा आफ्नो कामको बारेमा माग्थ्ये सफल होस् भनेर परिवारको लागि माग्थ्ये अनि एउटा कुरा माग्न कहिल्यै छुटाउदिनथे । त्यो हो मेरो लागि यो संसारमा कोही जोडी नबनाइदेऊ ।
म आफ्ने भविष्य,लक्ष्य,अनि काम प्रति चिनतित थिएँ । त्यसैले म सधै काममा नै ब्यस्त हुन थाले । म आफ्ने काम ज्यादै मेहेनत र लगनशील र समझदारीले गर्थे सायद यहि भएर होला मलाई त्यस अफिसको सहायक प्रबन्धकमा नियुक्ति गरियो । म एकदमै खुशी भएँ । यसरी म आफ्नो काम गर्दै गए । केही हदसम्म आफूले आफैलाई सफल भएको महसुस गरे । मेहनतले नै मानिसलाई प्रगतिको बाटो तर्फ लम्काउँछ भन्ने कुरा प्रमाणित भयो ।
म प्रायः व्यस्त हुन्थे । म बाटोमा हिड्दा पनि कसैलाई नहेरी हिड्थे, म मात्र आफ्नो काम सोचेर हिड्थे । मैले सोचे अब यसरी नै मेरो जिन्दगी चल्छ । मैले चाहेको पनि यही थियो । कुनै परिर्वतन नआओस तर मलाई के थाहा मेरो जीवनमा ठूलै परिर्वतन आँउछ भनेर । म सधै झै अफिस हतार–हतार जादै थिएँ । पहिले झै अफिसको गाडी कुर्न बस स्टपमा गएरस उभिएँ । त्यतिन्जेलसम्म बस नआएको देखेर मैले आफ्ने मोबाइलबाट फोन गरे । फोनबाट उत्तर आयो गाडी विग्रेकोले १५ मिनेट जति ढिला हुन्छ । त्यो वाक्य सुन्ने क्रममा अचानक मेरो आँखा बाटो पारिको बस स्टपको बेन्चका बसिरहेको एउटा युवकमा पुग्यो । जो अघिदेखि मलाई हेरिरहेको रहेछ । उसको त्यो चालबाट मैले अड्कल लगाएँ । त्यो युवक कुनै कलेजको पहिरनमा थियो, पछाडि ब्याग भिरेको,गोरो वर्णको अनुहार खाइलाग्दो जिउडाल,अग्लो अनि भावुक किसिमको । मैले पनि उसलाई हेरेँ । मैले उसलाई हेर्दा उसको आफ्नो नजर अन्तै कतै मोडि दिन्थ्यो । मैले मोबाइल मा बातचित बन्द गरे । एक छिन त्यतिकै उभिएर बसी रहे । त्यो युवक प्रायः प्रायः कता कताबाट मलाई हेरिरहन्थ्यो । जब मैले उसलाई हेर्थे उसले आफ्नो नजर झुकाउथ्यो कि त अन्तै मोड्थ्यो । म छक्क परे किन मलाई उसले बारम्बार हेरेको होला ।
जिन्दगीमा मैले आज पहिलो चोटि कुनै युवकलाई यति फुसर्दमा र शान्त वातावरणमा हेरेँ वा भनुँ मेरो मनले कसैलाई दो¥याएर हेर्न चाह्यो । किन? म आफैलाई थाहा छैन सायद किन हेरेको होला भन्ने प्रश्नमा हुन सक्छ वा अरु कुनै कारण । करिब २० मिनेटपछि गाडी आयो म गाडीमा चढेँ अनि झ्यालनिरको सिटमा गएर बसेँ । गाडी त्यहाँबाट हिड्न लाग्दा मैले फेरि उसलाई हेरे उसले पनि मलाई हेरिरहेको रहेछ । गाडी त्यहाबाट अगाडि बड्यो । त्यो युवक मेरो नजरबाट ओझेल भैसकेको थियो । मेरो मनमा खेलिरह्यो ऊ को होला किन मलाई घरी घरी हेरेको होला ? यस्तै यस्तै । फेरि झसङ्ग भएँ आ नजाने गाउँको बाटो नसोध्नु ।
समय बित्ने क्रम संगै काम गर्दै गएँ । त्यही दौरान भोलिपल्ट, पर्सिपल्ट हुदै २ महिनासम्म हामी केवल एक अर्कालाई हेर्ने गथ्यौ । ऊ बाटोको पारि अनि म बाटोको  वारि, ऊ पनि ठीक त्यही समयमा त्यहाँ आइपुग्थ्यो र म पनि । त्यो युवक इन्जिनियरिङ कलेजमा पढ्दो रहेछ र कलेजको बस कुर्न त्यहाँ बस्दो रहेछ । मैले थाहा पाएँ । दिनहुँ अब त त्यस बस स्टपमा जादाँ मैले उसलाई हेर्नु र उसले मलाई हेर्न दिनचर्या नै भै सकेको थियो । मलाई यो सब क्रियाकलाप अचम्म लागिरह्यो । मलाई लाग्थ्यो त्यो युवकको हेराइमा कुनै कारण वा जादु छ र त जहिले त्यहा पुग्दा उसैलाई हेर्न पुग्थे । यी आँखाहरु उसलाई देख्दा म आफ्ना मनका सारा पीडा विर्सन्थे ।
जब त्यस क्रियाकलापबाट टाढा हुन्थे । अनि म झसंङ्ग हुन्थे । कतै यो व्यवहार माया त हैन ? म आफैलाई थाहा छैन यो मलाई के भइरहेछ । मैले निश्चय गरें भोलिदेखि म उसलाई हेर्दिनँ तर पनि नजर उतै जान्थ्यो । यसरी हेराई सँगै दिनहरु वित्दै गए । न त ऊ त्यो बाटो पार गरी मकहाँ आउन सक्थ्यो, न त म नै सक्थे । यो सब कुरा मैले कसैलाई भनिनँ केवल आफू भित्र राखेँ । यसरी नै हाम्रो दिनचर्या वितिरहेको थियो ।
एक दिन मेरो गाडी भन्दा उसको गाडी चाडै आयो । ऊ गाडीमा चढ्यो, झ्यालबाट उसले मलाई बाई ग¥यो । मैले हात हल्लाएर बाई गरेछु थाहै पाइनँ पछि हात तल राख्दा पो झसंङ्ग भएछु । म एकदमै चिन्तित थिएँ । यो क्रियाकलापबाट यो सब मैले नचाँहदा नचाहँदै भइ रहेछ । सायद यसैलाई माया भन्छन् होला, मैले सोचे । मेरो साथीले भनेको कुरा पनि सम्झे । माया आफै हुन्छ । जोडी भगवानले बनाएर पठाएको हुन्छ । म झसंङ्ग भएँ कतै म मायामा फस्न लागेकी त हैनँ । म ऊ बाट टाढा रहन चाहन्थे तर रहन सक्दिनथे । त्यस युवकमा के छ जो म ऊ प्रति झुक्दैछु । भगवान् सँग प्राथना गरे मेरो लागि कोही नबनाइदेऊ । म मायाबाट अलग रहन चाहन्थे ।
भोलिपल्ट यी सब कुराबाट टाढा रहन मनलाई दरो बनाएर उसलाई नहेर्ने निर्णय गरे, केहि बेर त सम्झाएँ यो मनलाई तर यो पागल मनलाई धेरै बेर सम्झाउँनै सकिनँ । कसो कसो आँखा उतै गयो । मेरो यस्तो कठोर मन किन पगलिदैछ एउटा युवकको हेराइमा । मैले जति रोक्न खोजे पनि सक्दिनथे, यो मनलाई अनि आँखालाई । त्यस युवकलाई प्रायः म बिहान बस स्टपमा गाडीमा र एक चोटी राति सम्झिन्थे । अरु बेला म काम मै व्यस्त हुन्थेँ ।
पर्सिपल्टबाट फेरि पहिले कै हेराइ, यसरी बित्दै थिए दिनहरु एक अर्कालाई हेर्ने बानी परिसकेको  थियो । त्यसैले त एक दिन एक अर्कालाई नदेख्दा म तड्पिन्थे सायद ऊ पनि तड्पिन्थ्यो होला ।
फेब्रुरी १४ को दिन थियो त्यो । म सदा झै त्यही बस स्टपमा गएर उभिएकी मात्र के थिएँ एउटा स्कूलको बालक मेरो नजिक आयो र एउटा सानो कार्ड हातमा दिदै यो तपाईको लागि भन्दै दौडेर गयो म छक्क परे । मैले त्यो कार्ड निसंङ्कोच लिएँ । कसले पठाएको भनेर सोध्न नपाउँदै त्यो बालक त्यहाँबाट हिडि सकेछ । आज त्यो युवक त्यहाँ थिएन । गाडी आयो म बसमा चढे । सिटमा बसेर कार्ड खोले, खबभिलतष्लभ मबथ को धष्कज गरेको रहेछ । धष्कज गर्ने चाही मिलन रहेछ । मैले थाहा पाएँ आज खबभिलतष्लभ मबथ भनेर । त्यो कार्डको अन्तिम पृष्ठमा मिलनले मोबाइल नम्बर लेखेको रहेछ । उसले म तिमीलाई माया गर्छु त लेखेको थिएन तर मेरो भावलाई स्वीकारर्छौ भने यो नम्बरमा mष्कअबिि  गर यदि स्वीकारदैनौ भने नगर । यति लेखिएको थियो अन्तमा मैले थाहा पाएँ मिलन भन्ने त्यही बाटो पारिको युवक हो भन्ने । यो सब पढेर म अलमल्लमा परे । एक मनले सोचे आफूले आफैलाई के ठानेको होला, हे¥यो भन्दैमा मायाको प्रस्तावै राख्ने । फेरि अर्को मनले सोच्यो ऊसको पनि त मन हो कसैलाई माया गर्न पाएनु मनको कुरा पोख्न पाउनु उसको अधिकार हो । आ जे सुकै होस् एकचोटि फोन गरेर प्रत्यक्ष सबै कुरा भन्छु यहि सोचेर गिलअज तष्mभ मा उसको नम्बर डायल गरे, फोन उसैले उठायो ।
मैले बोले–मिलन जी हो ? उसले उत्तर दियो हो म बोल्दैछु । मैले प्रसँङ्ग निकाले बिहान कार्ड दिनुभएको रहेछ । एकछिन त मिलनको मनको खुशीको बहार आयो होला मैले फोन गरे भनेर यउको मलतब  थभक । मैले भन्दै गएँ तपाईको यो कुरा म स्वीर्कान सक्दिनँ । ऊ चुप रह्यो सायद मेरो यो वाक्यले उसको मनमा आएका बहारहरु पतझरमा परिणत गरिदिएर होला मैले उसको अवस्थाको वास्ता गरिन म भन्दै गएँ मेरो मनमा तपाई प्रति त्यस्तो केहि भावना छैन त्यसैले आपm्ने मनबाट मलाई निकालिदिनुस् । म तपाईलाई माया गर्दिन । मेरो यो कुरा सुनेर उसले प्रश्न ग¥यो–साँच्चै माया गर्नु हुन यसरी सोध्यो कि ऊ पूरा विश्वस्त छ मैले उसलाई माया गर्छु भन्ने । सायद मेरो हेराईले गर्दा उसले अड्कल लगाको होला । मैले अन्तिम पटक भने म तपाईलाई माया गर्दिन घृण गर्छु, रिसाएर फोन राखिदिएँ ।
त्यो नै हाम्रो पहिलो भेट थियो । राति घर गए खाना खाइवरी खाटमा पल्टे । उसको बारेमा सोचेँ । ऊ प्रति माया थियो कि थिएन म जानदिनथ्ये तर घृणा भन्ने पक्कै गर्दिनथे उसलाई तर पनि मैले घृणा गर्छु भने ।
बिगतका पलहरु सम्झे आफ्नो लक्ष्य अनि कसम पनि सम्झे । अनि निर्णय गरे मायाको क्रियाकलाप बन्द गर्नु पर्छ यही सोचेर मैले भोलिदेखि त्यस बस स्टपमा नजाने निर्णय गरे । बिहान अफिसमा फोन गरे घरसम्म लिन आउन अनुरोध गरे अनि मनमनै मिलनलाई भने यदि तिमीले मनको कुरा मनमै राखेको भए टाढै सही मलाई हेर्न त पाउथ्यौ । हतार ग¥यौ देख्न समेत पाएनौ । त्यसैले म शिरीषको फूल हुँ ।
एक दिन दुई दिन हुँदै म आफ्नै काममा व्यस्त हुन थाले । म त्यस बाटोबाट हिड्दै हिडिन । मलाई अर्को बाटोबाट गाडी लिन आँउथ्यो । मैले सोचे उसले मलाई भुलिसक्यो होला दुई महिना जो बितिसकेको थियो । दुई महिना त जसोतसो बिते तर दुई महिनापछि म फेरि पहिलेकै बसस्टपमा आउन बाध्य भएँ । अफिसको निर्णय नै यस्तै थियो । म फेरि त्यही बाटो गरी अफिस आउन राजी भएँ । ऊ प्रति मायाको बिरुवा पलाइसकेको यो मनलाई मैले धेरै समयसम्म रोक्न सकिनँ । म त्यही ठाउँमा आउनका लागि राजी भए वा भनुँ म त्यस युवकको हेराइको जादूमा तानिएँ, बत्तिमा पुतली तानिए सरी ।
दुई महिना पछि मनलाई दरो बनाएर त्यहाँ गएँ । आजबाट म उसलाई हेर्ने छैनँ भन्दै केही बेर यी आँखालाई अरु नै दृश्यमा अल्मलाए तर कसो कसो आँखा त्यही अगाडीको बस स्टपमा पुगे । त्यहाँ त्यो युवक (मिलन) थिएन । नरमाइलो, मन नै खिन्न भएको महशुस गरे । किन नआएको होला भन्ने मनमा लागिरह्यो । सायद उसले पनि मैले जस्तो ठाँउ त बदलेन ? फेरि अर्काे मनले भन्थ्यो आ जेसुकै होस् उसले पनि बस स्टप बद्ले त झनै मेरो लागि खुशीको कुरा हुनेछ ।
१,२,३,४ गर्दै ५ दिन बिते । तर मिलन त्यहाँ आएन । म भित्र भित्रै छट्पटिन थालिसकेकी थिएँ । यो छटपटिबाट थाहा पाएँ मैले पनि मिलनलाई चाहदि रै छु भन्ने । म दोधारमा परे, एकतिर मेरो बचन अनि अर्कौतिर मेरो माया अनि मलाई माया गर्ने निर्दोष मायालु । मलाई राम्ररी थाहा छ यी दुईमध्य मैले एकलाई रोज्नु छ । आम मानिसले जस्तो माया पाउने, माया गर्ने मेरो भाग्यमा कहाँ ? जे भए पनि मैले पहिले रोज्ने त मेरो बाचा हो जुन मैले हरहालतमा पूरा गर्नु पर्छ । यही सोचेँ ।
छैटौ दिनको दिनमा म सदा झै त्यही ठाउँमा गएँ । अगाडि हेरे मैले मिलनलाई देखे बेक्लै रुपमा । टाउकोमा पट्टी बाँधिएको, एउटा हातमा प्लास्टर गरेको अवस्थामा त्यो दृश्य देख्ने बितिकै म अतालिए अनि केही नसोची पहिलोपटक बाटो पार गरी म नै ऊ भएको ठाँउमा सरासरी गएछु । मिलन तिमीलाई यो सब के भयो भन्दै एक्कासी उसलाई छुन पो पुगेछु ।
मेरो यो अत्तालिएको डराएको व्यवहार देखेर उसले मलाई हेरिरह्यो । त्यतिन्जेलसम्म मैले आफूलाई सम्हाली सकेकी थिएँ । मिलनले भन्यो– सानो द्यष्पभ ब्अअष्मभलत  भएको हो आत्तिनु पर्दैन । सायद म आत्तिएर होला उसले यस्तो भनेको ।
म केही नबोली त्यहाँबाट फर्किन लाग्दै थिएँ । मिलनले मधु जी भन्दै बोलाएको आवाज कानमा प¥यो । म छक्क परे कसरी उसलाई मेरो नाम थाहा भयो भनेर र यो बिषयमा मैले उसलाई केहि सोध्न चाहिनँ । मैले फर्केर हेरे । उसले म नजिक आएर सोध्यो– मधु यो व्यबहारलाई म के सम्झुँ माया या घृणा ? मैले एक शव्दमा उत्तर दिएँ– घृणा । ऊ हाँस्दै बोल्यो –यो तिम्रो घृणा हो भने तिम्रो घृणा मलाई मज्जुर छ । अनि म पछाडि फर्केर अगाडि बढे, आफ्नो घृणा गराई सम्झेर मन मनै हास्दै । मनले निक्यौल निकाल्यो, माया कहाँ, कतिखेर, कोसँग हुन्छ कसैलाई थाहा हुदैनरहेछ । मायामा मन पागल हुदो रहेछ । जति बशमा राख्न खोजे पनि नसकिने ।
मेरो कठोर मन आज कसैको मायामा पग्लिदैछ । ऊसँगका हरेक हेराइमा मन कठोर बनाई व्यवहार पनि त्यस्तै गर्थे । त्यो व्यवहार मैले आफूभित्र ऊप्रति पलाएको माया लुकाउन गर्थे माया दर्शाउन पुगिहाल्र्थे । म को थिएँ को हुँदैछु । मेरो गन्तव्य कता तिर अनि म कता तिर लम्किदैछु यो सब मायाले गर्दा । म मनको पछि लाग्दै गएँ दिन भरि म मनको कुरा सुन्र्थे । जब घर आइपुग्थे तब मनले हैन मस्तिष्कले भनेको मान्थे । यसरी नै दिनहरु वित्दै गए लक्ष्य एकातिर अनि मन अर्कातिर । मनको कुरा पनि सही लाग्थ्यो र मस्तिष्कको कुरा वा तर्क पनि सही लाग्थ्यो र अन्तमा मनलाई सधै मस्तिष्कले जिताँउथे ।
हरेक पटक मिलनलाई देख्दा मायाको कल्पना आउँथ्यो । यो मनमा संगित भावनामा डुव्थे । त्यतिनैखेर अर्को सम्झना पनि आउँथ्यो यो मस्तिष्कमा । त्यो हो कसमका े अनि म वास्तविक जीवनमा फकेन्थे । कठोर बन्थे । कामको व्यस्तताले गर्दा मैले पढाइ पनि छाडिसकेको थिएँ ।
एक दिन हाम्रो अफिसको ड्राइभरले जागिर छोड्र गयो । उसको स्थानमा नयाँ ड्राइभरलाई मगाइयो । म अफिसको काम सकेर घर जान गाडीमा चढेँ, सिटमा बसेँ गाडी पाङ्ग्राको रफ्तार सँगै अगाडी बढ्यो । म कामको बारेमा सोचिरहेकी थिएँ । अनायास्सै मेरो आँखा ड्राइभरको सिट माथिको आइ ग्लासमा प¥यो । त्यस ऐनामा मैले मिलनलाई देखेँ । मैले सोचे, यो मेरो भ्रम हो अब त ड्राइभरलाई पनि ऊ देख्न थाले मैले पुनः दोहो¥याएर हेरे । नभन्दै दोसा्र पल्ट पनि त्यस ऐनामा मिलनलाई नै देखेँ । साँचिनै गाडी चलाउने मिलन नै रहेछ । मैले भोलिपल्ट थाहा पाएँ । मैले सोचे काम गर्न थालेछ राम्रै हो । मिलन मसँग नजिकिन चाहन्थ्यो तर म ऊबाट पर भाग्थे । यसरी दिन बित्दै थियो मात्र हेराइमा । हामी केवल एक अर्कासँग हेथ्यौ बोल्दैनथ्यौ । म त बोल्ने पक्षमा थिइनँ मलाई ऊसँग नजिक हुनु नै थिएन । मिलन पनि मसँग बोल्नका लागी आतुर देखिदैन थियो । सायद मेरो भाव बुझेर होला ।
एक दिन म आफ्नो क्याविनमा बसिरहेकी थिएँ, फोनको घण्टी बज्यो मैले उठाएँ । फोनबाट प्रश्न आयो एक जना मानिस तपाईलाई भेट्न चाहन्छ के गरुँ पठाईदिऊ । मैले हुन्छ पठाइ देउ भने । त्यसपछि मेरो क्याविनमा एउटा युवक प्रवेश ग¥यो । त्यो युवकलाई मैले कता कता देखेको जस्तो लाग्यो । सगैको सोफातर्फ इशारा गर्दै मैले त्यस युवकलाई बस्नुस भने । उसले धन्यबाद भन्दै अगाडिको सोफामा बस्यो ।
मैले सोधेँ–भन्नुस कति कामले आउनु भयो । मैले सोचे अफिसको कामले आएको होला । त्यस युवकले सर्बप्रथम आफ्नो परिचय यसरी दियो – मेरो नाम पवन म इन्जिनियरिङ्गको विद्यार्थी हुँ । मैले उसको आशय बुझिँन । उसले भन्यो –म मिलनको साथी । अब भने मैले केही केही अनुमान गरे । उसले भन्दै गयो–हामी दुवै एउटै कक्षामा पढ्छौ । मधु जी तपाईलाई मिलनले धेरै मन पराउँछ माया गर्छ । जुन दिन पहिलोपटक उसले तपाईलाई देखेको थियो त्यही पलबाट तपाई प्रति सर्मपित भएको थियो । त्यसपछिका दिनमा सधै तपाइलाई हेरि मात्र रहन्थ्यो । तर तपाईले कहिल्यै उसलाई हेर्नु हुन्थेन । उसले मसँग तपाई मन परेको कुरा गथ्र्यो र तपाइले उसलाई कहिल्यै नहेरेको कुरा पनि गथ्यो । यस विषयमा मैले उसलाई ठट्यौली पारामा सल्लाह पनि दिएको थिएँ– यदि त्यो केटीको नजर तान्नु छ भने यहाँ बसेर ठूलो स्वरले गीत गा न उसले तलाई हेरि हाल्छे नि । यो कुरा सुनेर हामी दुवै हास्थ्यौ तर मिलन त निकै भावुक भइसकेछ । मैले उसको यो भावुकता बुझेर उसलाई भने यदि तँ यस्तै चाहान्छस भने ऊसँग गएर बोल आफ्नो मनको कुरा भन यदि तँ सक्दैनस् भने म भन्छु । मैले यस्तो भन्दा मिलनले मलाई भन्ने गथ्र्यो–यसरी जबरजस्ती पनि हुन्छ माया ? यसरी उसको नजरलाई तान्नु छैन मलाई, म तबसम्म यहाँ बसी उसलाई हेरि रहन्छु जबसम्म उसले मलाई हेर्दिन र मलाई यो पनि बिश्वास छ जब उसले मलाई हेर्छिन मनबाट हेर्छिन र माया पनि गर्छिन ।
मिलन त्यहाँ त्यसरी करिब ८ महिनासम्म मौन बसी तपाईलाई हेरिरहन्थ्यो यो देखेर मैले उसलाई भन्थे, तेरो यो विश्वास बेकार छ । तर उसले भन्ने गथ्र्यो यदि मेरो माया उनी नै हो भने, मेरो धैर्यतामा शक्ति ट भने एकपटक म उसको नजरमा पर्नेछु । यस्तै भन्दै ऊ दिन दिनै मौन रहेर तपाईलाई हेरिरहन्थ्यो । एक दिन तपाईले पनि मिलनलाई हेर्नु भएछ त्यो पल उसको खुशीको सीमा नै थिएन । त्यो खुशी उसले मसँग बाँडेको थियो । हामी एकदमै मिल्ने साथी त्यसै भएर त उसले आफ्नो हरेक कुरा मसँग बाँड्थ्यो । तपाईको अफिसमा आएर नाम पत्ता लगायो जुन दिन मिलनलाई तपाईको नाम थाहा भयो त्यस दिन उसले आफ्नो हात काटी रगतले तपाईको नाम धेरै कागजमा लेखेको थियो । तपाईले फोनमा भनेको कुरा पनि उसले मलाई भन्यो तर ऊ निरास भएन । भन्ने गथ्र्यो ।
एक न एक दिन म मधुको मन जितेर छाड्नेछु । जसरी मैले उसके नजरलाई ताने त्यसरी नै म उसलाई आफ्नो बनाएर छाड्नेछु । मलाई मेरो मायामा पूर्ण विश्वास छ । त्यही भएर ऊ तपाईको मन जित्न आफ्नो पढाई त्यागेर यो अफिसमा काम गर्न आएको छ । यसरी त उसको भविष्य बरर्वाद हुन्छ । मैले कत्ति सम्झाँए तर ऊ जिद्धी छ, एक्लो छोरो भएकोले कसैको कुरा खाँदैन । एकचोटी तपाईले नै सम्झाउनु प¥यो, या त उसको माया स्वीकार गरी दिनुस् या त राम्ररी सम्झइदिनु । ऊ भन्दै गयो मिलनको बारेमा म चुपचाप सुन्दै रहे । पवनले अगाडि थप्दै गयो शब्दका लहरहरु मिलन तपाईको चाहनामा पागल भइसकेको छ । त्यसैले केही अनर्थ हुनबाट रोक्नुस् । म त उसको बेस्ट फ्रेण्ड भएर मात्र तपाईसँग यो सल्लाह लिन आएको हुँ । म आफ्नो साथी विग्रेको कसरी हेर्न सक्छु । अब मिलनलाई विगार्ने सपार्ने जिम्मा Þ Þ प्लिज एकचोटी राम्रोसँग सोच्नुस । यस बारेमा भन्दै उसका आवाजले गन्तव्य लियो । म यहाँ आएको कुरा मिलनलाई थाहा नदिनु भन्ने आग्रहका साथ ऊ त्यहाँबाट गयो ।
घर गए राति धेरैबेर सोचे यस विषयमा कतै मेरो बर्षौ देखिको तपस्या खेर जाने त हैन । सवैले थाहा पायो भने यहाँ त हरेक राम्रो कुराको नराम्रो अर्थ लाग्ने गर्छ । जे जस्तो अवस्थामा गल्ती र दोषी त केटीलाई नै देख्छन् सवैले । अब मैले ठोस कदम चाल्नुपर्छ भन्दै सोचे । फेरि मिलनको त्यो मायालु मुहार सम्झेँ, उसले म प्रति दर्शाएका माया सम्झेँ ज्यादै माया लागेर आयो । विचराको संज्ञा दिन पुगे उसलाई ।
कहिल्ये कही त लाग्थ्यो आ सबै कुरा विर्सी मिलनको माया स्वीकार गरु उसलाई माया गरु तर मस्तिष्कले जहिल्ये सचेत गथ्र्यो मलाई । यदि मैले उसको मायालाई स्वीकार गरे भने मायाको नशामा डुवेर अरु धेरै कुरा स्वीकार गर्न तयार हुन्छु होला । त्यसै त ऊ एकदम जिद्धी छ पछि उसको माग मायाबाट विवाह र विवाहबाट सँगै बसौ भन्ने होला । यस्ता उसका चाहना म बाट पूरा हुन सक्दैन । त्यो बेला उसले के गर्छ, ऊ त पागल हुन्छ होला भन्ने सोच्दै ऊ बाट टाढा रहने निर्णय गरे । अब मैले फौलिदै गएको मायाको झ्याङ्गलाई आफैले फाँड्नु पर्छ भन्ने लाग्यो ।
म विवश थिएँ । म पनि त उसलाई माया गर्थे तर पनि माया नभएको नाटक गथ्र्ये । समयको माग नै यस्तै थियो । मेरो जीवन अनि जीवनको भोगाइ सम्झे जीवनको परिभाष निकाल्न सकिन । हुन पनि मैले सारा बचन बिर्सि दिए पनि त हुन्थ्यो किनभने अब त समय पनि परिर्वतन भइसकेको थियो । छोरीलाई त्यस्तो नजरले हेर्ने । अनि मेरो बुबा म पनि परिर्वतन आइसकेको थियो छोरीलाई बुझ्ने धारणामा । र पनि म आफ्नो कसमबाट बिमुख कसरी हुन सक्थे । मसँग प्रमिकाको मन मात्र हैन एउटा नारीको अस्तित्व पनि छ । रात भरि सुत्न सकिनँ, दोधारे मनलाई एकोहोरो बनाउन गाह्रो प¥यो कोल्टे फेर्दै रात विताएँ । विहानी पख मैले निर्णय गरे । म सदा झै अफिस गएँ गाडी चलाएर ऊ नै आयो । मिलन अगाडी बसेर गाडी चलाउँथ्यो म पछाडिको सिटमा बसेर उसको आखा खेख्ने त्यो आइ ग्लासमा हेर्थे । त्यो ऐनामा कहिल्ये काही त हाम्रो आँखा जुद्थ्यो ।
उसको सबै भन्दा राम्रो बानी ऊ आफ्नो मनको कुरा मनमै राख्थ्यो अनि आँखाले बोल्थ्यो । उसको यही मौनता मलाई बढी मन पथ्र्यो । गाडी अफिसमा पुग्यो सबै जना ओर्लिए म सबै भन्दा पछि ओर्र्र्लिए । अरु बेला म सधै अगाडी ओलिन्थ्ये, ऊ सँग बोल्नु पर्छ भनेर । उ मात्र मलाई हेरि रहन्थ्यो उदास आँखाले । म मिलन बसिरहेको ठाँउमा गएँ अनि भने –आज लन्च टाइममा मलाई भेट्नु । उसले मौन रहेर सहमति जनायो मेरो प्रस्तावमा ।
दिउँसो २ वज्यो । म एकदमै टेन्सनमा थिएँ । म आफ्नो कोठामा उसैको आगमनको प्रतिक्षामा थिएँ । नभन्दै मिलन मेरो कोठाको ढोकामा नक गर्न आइपुग्यो । मैले उसलाई भित्र आउन अनुमति दिएँ र सोफामा बस्यो । म पनि आफ्नो टेबल छोडी उसको अगाडिको सोफामा बसे ।
कुरा कहाँबाट सुरु गरौ जस्तो लाग्यो अनि हिम्मत गरेर सोधे–तपाईको पढाई कहाँसम्म पुग्यो ? मैले यसरी सोधे कि त्यहाँ कुनै इन्टरभ्यु हुँदैछ । उसले जवाफ दियो–बी Þइ Þदोस्रो वर्ष, अनि अहिले पढाई किन छोड्नु भएको मैले फेरि प्रश्न गरे । ऊ मौन बस्यो । मैले फेरि भने–मलाई थाहा छ तपाईको जवाफ, र मलाई यो पनि थाहा छ तपाई कसैलाई माया गर्नु हुन्छ, त्यही कारणले पढाई छाडी यो अफिसमा काम गर्न थाल्नु भएको । मैले यति भन्न नपाउँदै उसले मलाई उल्टै प्रश्न ग¥यो– जब तपाईलाई सबै कुरा थाहा छ भने प्रश्न नै किन गर्नु हुन्छ? मैले उत्तर दिएँ–तपाइलाई मेरो नो एन्सर पनि त थाहा होला,फेरि पनि यो सब किन ?
यो प्रश्नमा मिलन निकै मलिन भएर बोल्यो–मधु जी तपाई आफ्नो जिन्दगी जिउनुस र मलाई पनि आफ्नै जीवन जिउन दिनुस् ।
मैले फेरि सम्झाएँ– प्लीज मलाई गलत नसम्झिनु, तपाई मलाई माया गर्न छाडिदिनुस् । मिलन–यो कसरी हुन सक्छ के मैले माया गर्न पनि के मेरो यति अधिकार पनि छैन । मधु–एकोहोरो मायाको परिणाम राम्रो हुदैन । मिलनले अब अब भने प्रश्न माथी प्रश्न गर्न थाल्यो मलाई आखिर ममा त्यस्तो के कमजोरी छ, मेरो भावनालाई किन बुझ्नु हुन्न तपाई । मैले जवाफ दिन चाहिनँ त्यसैले म मौन बसे । उसले भन्यो –मधु जी म तपाई बिना मर्न त सक्छु होला तर बाँच्न मुस्किल छ । मलाई बुभm्ने कोसिर गर्नुस म मजबुर छु अनायसै मेरो मुखबाट यी वाक्य फुत्किन पुगेँ । एक्कासी मिलनले सोध्यो–कस्तो मजबुरी ? उसले मेरो मनमा ऊ प्रति माया भएको मेशो पाएछ क्या रे, उसले फेरि सोध्यो–त्यो कस्तो मजबुरी हो ? प्लीज मलाई एक चोटि भन्नुस् ।
मैले पहिले त भन्न चाहिनँ तर सबै कुरा खुलस्त हुनु पर्छ भन्ने लाग्यो अनि मैले भने–म कसैलाई माया गर्न सक्दिनँ यदि गरिहाले पनि म ऊसँग जीवनभर सहयात्री भएर हिड्न सक्दिनँ म कसममा बाँधिएकी छु । ऊ भित्र नयाँ उत्सुकता छायो मेरो कुरा सुन्नलाई फेरि उसले प्रश्न ग¥यो –कस्तो कसम ? त्यसको लागि मैले आफ्ना सारा बाल्यपन भन्नु पर्ने भयो । मैले भने त्यो समाज जुन समाजले छोरीलाई घृणा गथ्र्यो, त्यो बुबा जुन बुबाले छोरीलाई बोझ ठान्थ्यो । मेरो पारिवारिक वातावरण र अन्तमा त्यो समाजको अगाडि त्यस परिस्थितिमा खाएको कसम पनि भने–कि म पुरुष विना एक्लै बाँचेर देखाउनेछु विवाह नगरी जीवन विताउँछु, राम्रो काम गरेर यो समाजमा देखाउनेछु म भन्दै रहे ऊ सुन्दै रह्यो, त्यस कसमलाई आफ्नो लक्ष्य कर्म बनाएर आज म यहाँसम्म आइपगे ।
यी सब कुरा सुनेर उसले एक त मलाई घमण्डी केटी सोच्यो होला भन्ने लाग्यो किनभने ऊ पनि त पुरुष थियो तर होइन रहेछ ऊ पुरुष भए पनि नारीलाई इज्जत गर्ने खालको चरित्र भएको मानिस रहेछ । हुन त मैले यो कुरा पहिले नै महशुस गरिसकेकी थिएँ कि सबै पुरुष एकै चरित्रको हुदैन अनि सबै नारी पनि ।मेरा सबै कुरा सुनेर उसले मलाई जे ग¥यौ ठीक ग¥यौ भन्यो । म खुशी भएँ उसले मेरो कुरा बुझेकोमा मेरो मर्म बुझेकोमा ।
मैले फेरि भने–तिमी नै भन के म आफ्नो कसमबाट भागौ ? के तिमी चाहान्छौ मैले यो समाजमा हारेको हेर्न, म आफैमा घृणित हुन चाहन्न ।
ऊ चुपचाप मलाई सुन्दै थियो मैले फेरि भने–म जीवनमा कसैसँग पनि माया,प्रेम,र बिवाह गर्न सक्दिन कल्पना पनि । म एक्लै बाँच्न चाहन्छु । यसैमा म खुशी छु र हुन्छु पनि । मैले यो समाजमा उदाहरण भएर देखाउनुछ, एउटा नौलो इतिहास रच्नु छ ।
मिलन निहुरिएको शिर उठाउँदै भन्यो–तिम्रो चाहना नै यस्तौ छ भने म खुशी छु । ठीक छ तपाई मसँग विवाह नगर्नु तर माया त गर्न सक्नु हुन्छ नि त्यही तपाईले चुपचाप गर्न सक्नु माया मात्र मलाई दिए पुग्छ अरु केहि चाहिदैन भन्दै रोयो । उसको रुवाइमा कता कता मन कुँडिएर आयो । त्यो पल म आज सम्म पनि भुल्न सक्दिनँ ।
म मिलन नजिक गएँ र भने–मिलन म तपाईलाई माया त गर्छु तर त्यसमा तपाईले एउटा सम्झौता गर्नु पर्छ । उसले बढो भावुक मुद्रामा भन्यो–कस्तो सम्झौता ? उसको अनुहारमा फेरि अर्को निराशा देखे । यो मैले कस्तो माया लगाएछु जुन माया सम्झौताबाट शुरु हुन्छ ।उसको यो मनको सोचाइ मैले उसको अनुहारमा पढेँ ।
विछोडको,त्यागको मैले यही भने । म तिमीलाई माया गर्छु तर हाम्रो मायामा मिलन सम्भब छैन, हाम्रो मायाको गन्तव्य त्याग हुनेछ, विछोड हुनेछ । आम मायालुहरु मिलनको उद्येश्य लिएर मायाको शुरुवात गर्छन् तर हामी बिछोडको उद्येश्य राखेर माया गर्नेछौ । मेरो यो सम्झौता सुनेर मिलन केहिबेर सोचमा डुव्यो अनि उसले मेरो यो सम्झौता मञ्जुर ग¥यो ।
मिलन खुशी नै देखिन्थ्यो । सायद मैले (उसको मायालाई) पनि उसलाई माया गरे भनेर होला । मैले भने अब हाम्रो माया कसैलाई थाहा नहोस् ।
मैले उसलाई पढाई निरन्तर गर्ने अनुरोध गरे । काम छाड्ने आग्रह गरे । मेरो लागि त ऊ जे पनि गर्न सक्थ्यो झन मैले नै आग्रह गरेपछि उसले नमान्ने त कुरै छैन । मिलन काम छाडी पढाँइलाई निरन्तरता दियो । उसले मलाई बेला बेलामा फोन गरिरहन्थ्यो तर मैले भने कहिल्यै उसलाई फोन गर्दिनर्थे । हामी १ वर्षमा एक चोटि मात्र योजना बनाएर भेट्ने गथ्र्यौ । हामी बीच अरु मायालुको जस्तो सपना र कल्पनाका कुरा हुँदैन थियो, आफ्नो पढाइ काम र लक्ष्यका कुरा हुन्थे ।
मिलन पनि खुशी थियो र म पनि खुशी थिएँ । भ्यालेनटाइन डे को दिन हामी एउटा मन्दिरमा जसरी भए पनि पुग्थ्यौ । त्यहाँ हामी बेग्ला बेग्लै जान्थ्यौ र त्यहाँ केवल हामी हेराहेर गथ्यौ,बोल्दैनथ्यौ । जब मलाई मिलनको यादले सताउँथ्यो म फोन गर्दिनथ्ये उसलाई बरु त्यही शिवको मन्दिरमा जान्थे आफ्नो मन हल्का पार्न । म जहिले जहिले त्यहाँ पुग्थ्ये संयोगवश मिलन पनि त्यहा आएको हुन्थ्यो अनि हामी एकअर्कालाई हेराहेर गरेर मन बुझाउँथ्यौ । एक सालको भ्यालेनटाइन डे (प्रेम दिवश) को अवसरमा मिलनले मेरो अफिसको ठेगानामा मलाई पार्शल पठायो तर पठाउनेको नाम उल्लेख नगरी त्यो पार्शल मैले पाएँ । पार्शल खोलेर हेर्दा सजावटको सामग्री रहेछ त्यस सामग्रीमा ब्िि यिखभ ायच ःबमजग भन्ने लेखिएको थियो । मैले सहर्ष स्वीकार गरे ।
मिलनसँग भेट हुदा उसका आखामा मेरो लागि मायाको सागर देख्थे तर मैले चाहेर पनि त्यस सागरले प्यास मेटाउन सक्दिनथे । उसको मनभित्र मेरो लागि यति धेरै माया थियो तर पनि विवश भई मनभित्र दबाएर राखेको थियौ उसले र मैले पनि । उसले मेरो खुशीको लागि आफ्नो खुशीको बलिदान गरि मेरो अगाडि आफ्ना सारा इच्छा, रहर, सपनाहरु त्यागी खुशीको बहाना गथ्र्यौ । ऊ पनि म सँग मायाका मीठा मीठा कुरा गर्न चाहन्थ्यो होला तर म Þ ÞÞ। मलाई थाहा छ हामी एक अर्कालाई औधी माया गछौ तर पनि व्यवहारमा अर्को गर्नु परेको छ । यो हामी दुवैको मजबुरी थियो ।
समय वित्दै जाने क्रममा समयको बहाबसँगै कसैको मन अनि धारणामा परिर्वतन भएको पाएँ । यो धारणामा परिर्वतन हुने अरु कोही नभएर मेरो बुबा हुनुहुन्थ्यो । सायद  मेरो बुबालाई आफ्नो गल्तीको महशुस भएर होला उहाँ हामीसँग नजिकिन चाहनु हुन्थ्यो । बुबा विरामी हुँदा कसैले वास्ता गरेनछ । श्रीमती,छोराले वास्ता गरेनछन् बुबाको सम्पति जति सालोले सकाइदिएछ । बुबालाई श्रीमती र छोराले ठुली कहाँ जाऊ भनेर भन्न थालेछन् । उपचार गर्न पैसाको लागि हामी कहा खवर पठाउनु भएछ । हामीले पनि सबै रिस राग भुली पैसा पठाईदियौ । दिदी  र आमा हेर्न जानु भयो तर म भने गइनँ समयसँगै समाजमा परिर्वतन भएकोमा म खुशी थिएँ । मेरो मनमा पनि बुबाको लागि घृणा त कहाँ थियो र मैले घृणा त त्यो संङ्कुचित विचार, धारणा, मन र समाजलाई गरेकी थिएँ । त्यो पुरुषत्वको घमण्डलाई गरेकी थिएँ । असहाय हुँदा त्यो घमण्ड हराउदो रै छ त्यतिबेला मात्र माया गर्ने मान्छे खोज्दो रै छ । त्यो चाहे पुरुष होस् या नारी । त्यो बेला मात्र सहयोग र आत्मीयताको खाँचो हुन्छ ।
हाम्रो प्रेमको कहानी कसैलाई पनि थाहा थिएन । थाहा थियो त उसलाई, मलाई र पवनलाई । एकदिन पवनको विहेको निम्तो आयो । मलाई जाने इच्छा त थिएन तर पवनले धेरै कर गरेकोले म पवनको विवाहमा जन्ती जान राजी भएँ । मिलन पनि त्य िविवाहमा आएको थियो । मिलन कालो सुटमा एकदमै राम्रो देखिएको थियो । उसले विवाहमा आएका सम्पूर्ण युवतीको नजर तानेको थियो । उसलाई सबैले मनपराएका थिए । त्यस पोशकमा उसलाई देख्दा म पनि उसलाई हेर्न थालेछु । उसलाई आँखाभरी, मनभरी राख्न मन लाग्यो । म हरेक पल्ट उसको कल्पनामा डुब्न लाग्दा मेरो दिमागमा विगतका सम्झनाहरु आउँथे अनि म विवश भइ कठोर वन्थे । हामी जन्ती भएर त्यहाँबाट दुुलहीको घर तर्फ लाग्यौ । हामी पवनसँगै गाडीमा थियौ । जब बैण्ड बाजा बज्थ्यो मेरो मन भित्र कता कता पीडा हुन्थ्यो, त्यो किन हो मलाई थाहा छैन । बाटोमा पवनले हामीलाई जिस्कायो तिमीहरुको चाहि यस्तो दिन कहिले हो । हामी दुवै मौन रह्यौ केवल एक अर्कालाई हेरि मात्र रह्यौ । पवनलाई के थाहा हाम्रो सम्झौताको बारेमा ।
विवाह घर पनि आइसकेछ । विवाहको क्रियाकलाप एकदमै नियालेर हेर्न पायौ हामीले । हामी बाहिरको रमझममा खुशी देखिन्थ्यौ तर भित्र हाम्रो मन दुखेको थियो । विवाहका हरेक रीतीमा प्रायः मिलन र मेरो आँखा जुद्धथ्यो । सिन्दुर हाल्दा, माला लगाउँदा,स्वयंम्वर गर्दा, जग्गेमा घुम्दा, पूजा गर्दा इत्यादि । ती हरेक आँखा जुदाईमा उसका आँखाले मेरो आँखालाई अनगिन्ती प्रश्न सोधिरहेको जस्तो लाग्थ्यो मलाई । हामी दुवैको विवशतामा निराश आँखाले धेरै प्रश्न सोधेको हुन्थ्यो ।
भोलिपल्ट मिलनले मलाई फोन ग¥यो अफिसमा उसले हालचाल सोध्यो । अनि हिजोको विवाहको बारेमा कुरा ग¥यो । यसै प्रंसङ्गमा मैले उसलाई भने– मिलन तिमी पनि विवाह गर । मैले यति भन्न नपाउदै मिलनले भन्यो–मधु त्यस्तो कुरा नगर तिमीले त त्यत्रो त्याग गर्न सक्छौ भने म पनि त्याग गर्छु म पनि विवाह नगरीबस्छु । यो सुनेर म छक्क परे अनि मिलनलाई भने–मैले पो कसम खाएकी छु र त्यो कसम म निभाउँछु तिमी किन त्यसमा त्याग गर्छौ । मेरो दुःख तिमीले किन पाउने । अरु कुरा थाहा छैन तिमीले मेरो लागि भए पनि विवाह गर्नुपर्छ यति भन्दै भैले फोन राखिदिएँ । आफ्नो भाग्यमा रुन मन लाग्यो । अनि धेरै बेर रोएँ सायद मिलन पनि रोयो होला ।
भोलिपल्ट बिहान शनिबारको दिन थियो । घरमा मेरो अफिसको साथी आयो उसले एउटा पार्शल दिदै भन्यो मधु यो पार्शल, यो ठेगानामा लगी देउन म आजै घर जानु पर्ने भयो । त्यसैले यो पार्शल पु¥याइदेऊ त ल । मैले हुन्छ म लगि दिन्छु ठेगानाको पेपर चाहि दिनु भने । साथी पार्शल र ठेगाना दिएर हत्तार हत्तार गयो ।
करिब चार बजेतिर म त्यो पार्सल पु¥याउन ठेगाना अनुसारको घरमा गएँ । गेट खोली भित्र गएँ । त्यहाँको पालेलाई मैले रणधीर केसीलाई भेट्न आएको भने पालेले अगाडिको सानदार बगैलातर्फ जानको लागि संङ्केत ग¥यो । त्यहाँको वातावरण हेर्दा लाग्थ्यो ठुलै राजघरानाको जस्तो लाग्थ्यो । मलाई एक जना १५ बर्षे केटीले घर भित्र लगेर गई । प्रतीक्षा कोठामा रहेको सोफामा बस्न भनी र ऊ माथि गई ।
म सोफामा बसे । म एक्लै थिएँ त्यो कोठामा मैले चारैतिर आँखालाई डुलाए त्यस कोठामा भव्य सजावट हेर्न । कोठा हेर्ने क्रममा अचानक मेरो आँखा मिलनको तस्वीरमा पुग्यो । म झसंङ्ग भएँ अनि त्यही काम गर्ने केटीलाई सोधेँ यहाँ को को बस्नुहुन्छ  । उसले जवाफ दिई–ठूलो साब, मै साब र बाबु साब मैले फोटो देखाउँदै सोधे–त्यो फोटो कसको हो । उसले भनी–ए त्यो फोटो हाम्रो बाबु साहेबको भन्दै बाहिर गई ।
मैले मनमनै सोचे मिलन यस्तो परिवारको रहेछ थाहै थिएन । हुन पनि यस बारेमा त त मिलनले नै कहिल्यै भनेको थियो न त मैले नै जानकारी लिने कोसिस गरेकी थिएँ ।
माथिबाट दुवै सायद मिलन कै आमा बाबा हुनु पर्छ मैले अड्कल गरे । तल आउनु भयो त्यस काम गर्ने केटीले चिनाइदिई उहाँ रणधीर के Þसी मैले दुबैलाई नमस्कार गरे । मैले साथीको नाम लिएर उहाँले पठाइदिनु भएको त्यो सामान दिएँ । उहाँले धन्यबाद भन्नु भयो । त्यतिमैमा मेरो लागि चिया आइपुग्यो म चिया खान विवश भएँ । बाबा फेरि माथि जानु भयो भने आमा मसँगै बस्नु भयो । म हत्तार हत्तार चिया खाँदै थिएँ कतै त्यहाँ मिलन आइपुग्छकि भनेर । त्यस कोठामा फोनको घण्टी बज्यो । आमाले फोन उठाउनु भयो । फोनमा गरेको बातचित प्रस्टै सुनिन्थ्यो किनभने म पनि फोन नजिकै थिएँ ।
मिलनको आमा भन्दै हुनुहुन्थ्यो । हामीले भनेर के गर्ने छोरा नै मान्दैन अहिलेसम्म उसलाई बिहेको लागि कति केटी देखाइसक्यौ तर ऊ बिहे गर्न राजी नै छैन । विवाहको कुरा गरेको रिसाउँछ, विवाह नै नगरी बस्ने रे । यसरी त हाम्रो बंश कसरी चल्छ । एकपटक तपाई नै आएर सम्झाइस्योन मिलनलाई, यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो ।
त्यो रात निन्द्रा नै लागेन फेरि अर्को पिर थपियो । मैले सबै बुझे मिलनले विवाह नगर्नुको कारण । यो सब कारण म नै हुँ भन्ने लाग्यो । अब जसरी भए पनि मिलनलाई विहे गराउन राजी गराउनै पर्छ भन्ने लाग्यो किनभने मिलन त्यो घरको बंश, खुशी सबै थोक थियो ।
भोलिपल्ट मैले मिलनलाई फोन गरेर बोलाएँ ऊ आयो । मैले मिलनलाई भने–मिलन म तिमीसँग केही माग्छु दिन्छौ होइन । मिलन– यदि मबाट दिन हुने कुरा भए अवश्य दिन्छु । मैले भने–अब हामी एउटा निर्णय गर्नुपर्छ । उसले शंङ्का मान्दै भन्यो कस्तो निर्णय । फेरि मैले भने–तिमी मेरो नजिक हुन चाहन्छौ भने तिमीले अरुसँग विहे गर्नुपर्छ । यदि हैन भने हामी टाढा हुनु पर्छ ।
मेरो यस्तो कुरा सुनेर एकछिन त ऊ अलल्लमा प¥यो । मनमनै भन्थ्यो होला मधु कस्ती केटी हो जो शर्तमाथि शर्त राख्छे । ऊ पनि के कम उस्तै त ऊ जिद्दी । उसले भन्यो–ठिक छ म सधै तिम्रो मायालु भएर बस्न चाहन्छु, त्यसैले आजबाट म मिलनको त्याग गर्नेछु । तिम्रो नजिक भएर म,अरु कसैको हुन सक्दिन । बरु मलाई बिछोड नै मञ्जुर छ ।
मैले फेरि भने–उशि तिमी विवाह गर नयाँ सँसार बसाऊ तर मेरो यो कुरा सुन्ने वितिकै भन्यो–मधु मैले तिमीले भनेको हरेक कुरा आजसम्म मान्दै आएको छु तर यो कुरा म मान्न सक्दिन यसको लागि मलाई माफ गर । यो जीवनमा तिमी बाहेक अरुलाई सोच्नसम्म पनि सक्दिन त्यसैले मलाई कर नगर ।
मैले उसलाई धेरै सम्झाएँ तर ऊ मान्ने पक्षमा थिएन अन्तमा निस्र्कष विहीन भएर हामी फक्र्याै । ऊ त आफ्नो कुरामा अडिक थियो तर म चाहि निष्र्कष विहीन फर्के । त्यसैले भोलिपल्ट म कामको सिलसिलामा १ बर्षको लागि काठमाण्डौ भन्दा बाहिर जानु पर्ने भयो । म जानको लागि राजी भएँ । त्यस अफिसमा मनै टे«नरको रुपमा काम गरि सकेकी थिए,त्यही भएर त्यस अफिसको शाखा कार्यलयमा टे«निङ्ग दिन जानु पर्ने भयो । मैले त्यस कुरामा सहमति जनाएँ । यो मेरो लागि राम्रो अवसर थियो मिलनबाट टाढा रहन । म आमालाई साथमा लिएर पोखरा तर्फ लागे, आफ्नो जिम्मेवारी निभाउँन । मैले यो कुरा मिलनलाई भनिनँ । बाहिर गएको २ महिनामा मिलनको फोन आयो । मैले उसको फोन रिसिभ गरिनँ । त्यस पछि उसको फोन आउन छाडयो या भनौ उसले गरेन । मैले सोचे अब चाहि मेरो कुराले प्रभाव पारेछ मिलनलाई त्यही भएर फोन नगरेको होला। म खुशी पनि भएँ एक मनले अनि  दुःखी पनि भए अर्को मनले । यसरी फोन नआउँदा उसको आवाज सुन्न नपाउँदा म पनि त दुःखी थिएँ । तर पनि हाम्रो लागि यही दूरी राम्रो हुन्छ भनेर मनलाई बुझाएँ । र मैले पनि उसलाई फोन गर्ने कोसिस सम्म पनि गरिनँ ।
म बाहिर गएको ३ महिना बित्यो । एक रात सपनीमा मिलनलाई देखेँ । सपनामा एउटा खोलाको किनारमा बसेर मिलनले मलाई बोलाउँदै थियो म सपनाबाट व्युँझे, बिहानीपखको सपना थियो त्यो । त्यो दिन विहानै देखि पानी परिरहेको थियो । दिनभरि पनि एकनासले पानी परी रह्यो । आज किन किन उसलाई सम्झेर रुन मनलाग्यो । आज विवश भइ उसको मोबाइल नम्बर डायल गरे । फोनको घण्टी गयो तर मोबाइल उठेन मैले पुनः डायल गरे, मोबाइलमा उत्तर आयो स्वीच अफ गरिएको भनेर ।
त्यस पछिका दिनहरुमा म काममा व्यस्त हुनथाले । तर कहिले काही फुर्सद मिल्यो कि मनभित्रबाट  मिलनको सम्झना पल्टाएर हेर्थे । बाहिर हासे पनि भित्र रोएकी थिएँ म । पल हुदै, हप्ता, महिना हुदै एक बर्ष बितिसकेछ । समय गएको पत्तै भएन काममा व्यस्त भएर होला ।
एक बर्ष २ महिना पछि हामी, आमा र म काठमाण्डौ फर्कियौ । मनमा बेग्लै प्रकारको खुशी बोकेर ।तर अब भने मैले आफ्नो मनलाई दरो बनाईसकेकी थिएँ । पहिले पहिले मिलनबाट जति टाढा राख्न खोज्दा पनि सक्दिनथे कारण मिलन नै मसँग नजिक हुन खोज्थ्यो तर अब त उसले नै यी सब कृयाकलाप बन्द गरि सकेको थियो ।
हामी काठमाण्डौ साँझपख आइपुग्यौ । भोलिपल्ट प्रेम दिवश (भ्यालेनटाइन डे) थियो । मैले त्यही मन्दिरमा जाने सोच बनाएँ । रात भरि निन्द्रा नै लागेन । विहान भयो । आज म अलि चाँडै उठेँ । मनमा लागिरह्यो यहाँको वातावरण कस्तो भयो फरक छ कि उस्तै । विहान नुहाइवरी मन्दिर जान तयार भएँ । आज पहिलो पटक किन किन मलाई एकदमै श्रृङ्गार गर्न मन लाग्यो, रातो कुर्ता लगाएँ रातो टीका अनि हातका नाडीमा दुई चार वटा चुरा लगाएँ । मनमनै सोचे मलाई यो पहिरनमा देखेर मिलन त छक्क पर्छ होला ।
बाहिरी शव्दमा,व्यवहारमा माया मारेको नाटक गरे पनि म भित्र भित्र उसैको मायामा डुबेकी थिएँ तर पनि आफ्नो कसमको लागि विवश थिएँ । मेरो मनको आँधीबेरी कसैलाई थाहा थिएन । मैले कसैलाई सुनाउने चेष्टासम्म पनि गरिनँ । बरु म भित्र भित्रै दरो बनेर बसे । मैले सोचे मिलन त्यस मन्दिरमा आउँछ अनि उसलाई सरप्राइज दिन्छु ।
म एक्लै मन्दिरतिर लागे । बाटाहरु गल्लीहरु र बस्ती कुनै फेरिएका थिए भने कुनै उस्तै । म सबै दृश्य एकदमै नियाल्दै हिडिरहेकी थिएँ । एक बर्षमा कति परिर्वतन भइसकेछ मैले छोडेर गएको गाँउ । कोही कोही चिनेकाले बाटोमा कहिले आयौ भनेर सोध्थे,मैले हिजो भनेर उत्तर दिन्थे ।
यसरी म पाइला पाइलामा नयाँ पुराना दृश्य सँगाल्दै अगाडि बढेँ । मन्दिरमा आइपुग्यो । मन्दिर पनि  उस्तै थियो । मन्दिर भित्र गई भगवानलाई ढोके । अनि सदा झै मन्दिरको छेवैको चौरमा रहेको एउटा मेचमा गएर बसे । कारण आजको दिनमा मिलन एक न एक चोटी यस ठाँउमा अवश्य आँउछ र म टाढैबाट उसलाई हेरेर घर फर्कन्छु । म त्यहाँ कसैको वास्ता नगरी एक्लै बसिरहे । पहिलेका सम्पूर्ण कुराहरु सम्झिदै । मलाई थाहा छ मैले मिलन जस्तो माया गर्ने मानिस पाउँन सक्दिन यो जीवनमा तर पनि म विवश थिएँ उसलाई अँगाल्न सक्दिनथे ।
कस्तो भयो होला मिलन परिर्वतन भयो कि छैन यही सोच्दै बसे । दिउँसोको १२ बज्यो घडीमा तर मिलन त्यहाँ आएन मनमा शंङ्काको हुरी चल्यो । मैले मोबाइलबाट उसको नम्बर डायल गरे, उसको मोबाइल स्वीच अफ गरेको रहेछ । मैले मेरो घरमा फोन गरेर आमालाई म ढिला हुन्छ भने साथीको घरमा छु भने ।
पक्कै मसँग रिसाए जस्तो छ नरिसाओस् पनि कसरी विचरा कति चोटि त मसँग मायाको भीख मागेको थियो उसले । तर म पनि स्वार्थी बनी कठोर बने । मेरो लागि उसले सारा रहर, इच्छा, खुशी, सपनाहरु त्यागेको थियो र फेरि पनि मसँग केही गुनासो गरेन । यही सोच्दै आज मैले मिलनसँग माफी माग्ने विचार गरे । उसलाई नभेटी नजाने निर्णय गरे ।
दिउँसो १ बजे तिर आकाशमा काला बादलहरु मडारिन थाले त्यसको एकै छिनमा बेजोडसँग पानी प¥यो । म विचलित नभई मन्दिरको छानामा ओट लिएर बसे । मेरो लुगा सबै भिज्यो तर पनि म त्यही बसिरहे मिलनलाई भेट्नको लागि । तीन घण्टा पछि पानी पर्न रोकियो । एक, दुई, तीन, चार गर्दै पाँच बज्यो घडीमा तर मिलन त्यहा आएन । पहिलेका बर्षमा त यस्तो कहिल्यै गर्दैनथ्यो सधै ऊ चाँडै आइपुग्थ्यो । मेरो मन एकदमै अत्तालिरहेको थियो । कतै ऊ विरामी त परेनः कतै उसलाई केही त भएन मन छटपटिन थालिसकेको थियो ।
साँझ परिसकेको थियो तर पनि मलाई विश्वास थियो मिलन एक न एक चोटी अवश्य यहाँ आउँछ भनेर । साँझको ६ बज्यो । साँझ परिसकेकाले परको मान्छे ठम्याउँन पनि गाह्रो थियो । म गह्रौ मन लिएर चौरको मेचमा बसिरहे । परबाट कोही म तिर आउदै गरेको देखे तर मान्छे भने ठम्याउन सकिनँ । मैले सोचे पक्कै मिलन हुनु पर्छ ।
त्यो आकृति म नजिक आइपुग्यो अनि मैले थाहा पाए उ मिलन होइन रहेछ । त्यस अन्जान मानिसले म नजिक आएर सोध्यो–तपाई मधु जी ? मैले आश्चार्य मान्दै हो भने । उसलाई कसरी मेरो नाम थाहा भएछ म छक्क परे । त्यस मानिसले भन्यो–तपाई मिलनको आशमा बस्नु भएको होला तर अब तपाईले उसलाई कुर्नु व्यर्थ छ । मिलन आँउदैन । म अन्यौलतामा डुबे सायद मिलनले विवाह ग¥यो होला या त ऊ पक्कै मसँग रिसाएछ यही सोचे । मैले सोधे–किन ? त्यस मानिसले दुःखी हुँदै मलिन स्वरमा भन्यो–मिलन अब कहिल्यै आउँदैन किनभने उसले यो धर्ति छाडेर गएको एक बर्ष हुन लागि सक्यो ।
यी शव्द मेरो कानमा मात्र के परेको थियो मेरो त होस ह्वास नै उडेछ एकछिनको लागि । मैले त सारा आकाश टाउकोमा झरेको महशुस गरे । संसार घुमेको जस्तो लाग्यो तै पनि आफूलाई सम्हाले । त्यस युवक भन्दै थियो –आज भन्दा एक बर्ष अगाडि मिलनको बाइक एक्सिडेण्ट मा मृत्यु भयो । मिलनले हस्पिटलमा अन्तिम समयमा मलाई बोलाएर भन्यो आजको दिनमा मेरो प्रतीक्षामा मधु मलाई कुरेर बसि रहन्छे यस मन्दिरमा उसलाई गएर भनी दिनु नत्र उनी मलाई कुरेर रात भरी बस्नेछिन, यति भनेर मिलन सदा सदाको लागि विदा भयो ।
त्यसैले म यो समाचार तपाईलाई भन्न आएको हु । ऊ यति भनेर गयो । त्यतिन्जेलसम्म त म सामान्य नै थिएँ त्यसैले विना हिच्किचाहट बिदा लिएर गयो । मलाई सहाराको लागि र सान्त्वनाको लागि केही शव्द पनि नबोली सायद ऊ पनि यो दुःखद समाचार बाट विचलित थियो कि भित्र भित्रै ।
त्यो मानिस गएपछि म त  रोएछु कराएछु, मिलन यो सब के भयो भन्दै, मेरो दिमागले केही सोच्नै सकेन मुटुमा,घाँटीमा गाँठो परेर आयो, चरैतिर अन्धकार भएर आयो यी आँखामा । म त त्यही ढलेछु । थाहै पाइँन मलाई जहाँसम्म लाग्छ त्यो त्यही दिन थियो जुन दिन म मिलनको सम्झनामा धेरै रोएकी थिएँ । मैले फोन गरेकी थिएँ उसलाई तर फोन उठेको थिएन ।
भोलिपल्ट आँखा खोल्दा म घरको ओछ्यानमा थिएँ, मलाई त्यहाबाट कसले ल्यायो त्यो पनि थाहा पाइनँ । म हिजोको त्यो तीतो सत्य सम्झेर फेरि रोए कसैले थाहा नपाउने गरी सिरकले मुख छोपेर । त्यतिन्जेल सम्ममा परिवारका सदस्यहरु मलाई हेर्न कोठामा आइपुगे । मैले निदाएको नाटक गर्दै फेरि मिलनलाई सम्झे उसको माया त्याग बलिदान सबै । अनि मलाई भन्न मन लाग्यो–मिलन म तिम्रो दोषी छु मलाई सजय देऊ म भोग्न तयार छु, मैले तिमीबाट विछोडिन चाहेको मात्र थिएँ तर तिम्रो मृत्युको कामना गरेकी थिइनँ, यो सब के भयो ?
उसले जीवन रहुन्जेलसम्म मलाई माया गरिरह्यो । मेरो खुशीमा आफ्नो खुशीको गला दबाएर हाँसीरह्यो तर पनि कुनै गुनासो गरेन, आफ्नो जीवनको अन्तिम क्षणमा पनि मलाई सम्झीरह्यो । मेरो खुशीको लागि तिमीले धेरै त्याग ग¥यौ । वास्तवमा म स्वार्थी हुँ मैले कहिल्यै तिम्रो त्याग बुझ्न सकिन उसको इच्छालाई बुझ्न सकिनँ । म धिक्कार रहेछु भन्दै आफूले आफैलाई सरापे ।
धेरै काम गर्छौ, आराम छैन कमजोरीले वेहोस भएको भन्यो डक्टरले, आमा पनि भन्दै हुनुहुन्थ्यो दिदीलाई । म अझ सम्म पनि सुतेको देखेर आराम गरोस भनेर सबै जना बाहिर गएँ ।
म फेरि आफू भित्र डुबे । मनमा कुरा खेल्न थाल्यो मनले भन्थ्यो म पनि यो संसार त्यागी दिऊँ अनि सदा सदाको लागि मिलनसँग भेट गर्न पाँऊ । मस्तिष्कले भन्थ्यो– मानिसको अस्तित्व नै उसको शरीर हो । अस्तित्व बिनाको संसार सून्य छ । त्यस सून्य संसारको यात्रा गर्दा मिलनाँग भेट भयो भने त ठीक छ यदि भएन भने ? के मैले त्यस संसारमा पनि मिलनलाई माया गर्न पाउँछु त ? के हाम्रो आत्माको मिलन होला त ?
त्यस संसारमा विश्वास हुन सकिनँ कारण आज सम्म बाच्नेले त्यो संसार देखेको छैन अनि त्यो संसारमा जानेहरु फर्केर आएको छैन । त्यही भएर जीवन समाप्त गर्न मेरो सोचलाई बदले बरु बाचुन्जेल सम्म उसलाई माया गरिरहने सोच बनाएँ । यस कुरा यस जगतमा म विश्वस्त छु । किनभने यो मेरो अस्तित्वको संसार हो र मेरो अस्तित्व हुन्जेल म जे पनि गर्न सक्छु । अब सारा जीवन उसलाई माया गरेर उसलाई सम्झेर विताउनेछु, यही नै मेरो लागि सजाय पनि हुनेछ ।
मन मनै भने मिलन अर्को जुनीमा म तिम्रै भएर जन्मिनेछु, बाँच्नेछु र मर्नेछु तर म त्यो जीवनमा कुनै कसम खाने छैन मिलन मलाई माफ गरिदेऊ भन्दै रोएँ । आँखाबाट आँशुका धारा थामिन गाह्रो प¥यो । मेरो मनभित्रका अन्तरआत्मा कसैलाई देखाइनँ । मैले कसैलाई थाहा पनि दिइनँ ।
मैले अठोट गरे, जब मिलनले मेरो लागि सारा जीवन अर्पन ग¥यो भने म पनि अबको मेरो जीवन उसैको नाममा समर्पित गर्छु । यही सोचेर म खाटबाट उठेँ । दायाँ साइडमा ठुलो ऐना थियो त्यस ऐनामा मेरो रुप छर्लङ्ग देखिन्थ्यो । म ऐनाको नजिक गएँ । आफ्ना निधारको रातो टिका पुछे, चुरा फुकाले अनि रातो पहिरन फुकाली सेतो पहिरन लगाएँ । आजबाट म विधवा बने उसैको नाममा ।
समाजले विना विवाह विना लोग्नेको आमा त सुनेको होला तर आज म विना विवाह विना लोग्नेको विधवा बने । हो म त्यही विधवा बने जीवनभरी आफ्नो नाममा उसको नाम जोडे । मेरो नाम मधु मिलन भयो । मधुमिलन ।
अनायस्सै मेरो आँखा उसले दिएको उपहारमा पुग्यो जुन मेरो कोठाको भित्तामा टाँगिएको थियो । म त्यस भित्ताको नजिक गएँ अनि अल लभ फर मधु पछि मिलन लेखिदिए ।
मैले मिलनलाई भनेकी थिए–मैले एउटा नौलो इतिहास रच्नुछ तर मलाई के थाहा त्यो इतिहास मिलनसँग जोडिएको हुन्छ भनेर । यसरी मधुमिलनको शुरुवात भयो । अब जबसम्म म बाँचिरहन्छु तबसम्म मिलन पनि बाँचिरहन्छ म सँगै । जबसम्म मेरो नाम हुनेछ तवसम्म मिलनको नाम पनि रहिरहनेछ । मधुमिलन बनेर । अनि जबसम्म यो संसारमा माया रहिरहनेछ तबसम्म हामी दुवै मधुमिलन रही रहनेछौ ।
हरेक मायालुको ढुकढुकी बनेर मायालुहरुमा एउटा नौलो इतिहास बनेर, यही विश्वासमा म मधुमिलन बने । उसैको नाम, माया, त्यागमा सर्मपित एउटा विधवा ‘मधुमिलन’ ।

उत्तराद्र्ध