कविता

  गजल

खाल्डो भित्र रमाउँदै पार देखायौ नि त !
एकै निउँ काफी थियो हजार देखायौ नि त !

सायद धेरै दिएँ र नै तितो भो होला गुँँँँँड
तिम्रै जित बोल्छ समाज हार देखायौ नि त !

प्यार नामले डो¥याएर दुर पा¥यौ खुशीसँग
फूललेनै रेटिएथेँ धार देखायौ नि त !

राम नाम जप्दै लक्ष्मण वनेर नी,
थहै छ स्वाङ्गे चाला सार देखायौ नि त !

सेर बनि गर्जिएर पनि
बनावटी सारङ्गी र गितार देखायौ नि त !!

        ◘ रीना कार्की (भावना)
        फूलासी— १ रामेछाप

सपनीमा नबिराई आउँने तिमी को ?
थाहै नपाई दिल चोरी लाने तिमी को ?

अङ्ग–अङ्ग चुम्बन गरी मनमा पसेर
तिर्खा लाग्यो जवानीको भन्ने तिमी को ?

बनि घाउँ मेरो मनको अझै चर्कदा
शीतल–शीतल मलम बनि आउँने तिमी को ?

एकोहोरो टोलाउँदै म रोएँ भनेर
मेरो नाउँमा सँगै आँशु झार्ने तिमी को ?

कहाँ जान्छु म के गर्छु सबै सोधेर
पछ्याउँदै छायाँ बनि आउँने तिमी को ?

लर्बराउदै बरबराउँदै म हिडे भनेर
मुस्कुराउँदै मेरो बाटो छेक्ने तिमी को ?

        ◘ इन्दिरा थापा
        फूलासी—५ रामेछाप

शुन्यताको छाहारीमा घाम आज लाग्यो अरे ।
तर्कि हिड्ने मायालूको साथ उसले पायो अरे ।।

बिछोडको पिडा बोकी बेहोसीमा हिड्दा हिड्दै
अचानक माया पाउँदा उसले गित गायो अरे ।।

तिमीलाई भेट्दिन भन्दै हिड्ने निष्ठूरीले
आज आफै भेट्न आउँदा सफलताले छायो अरे ।।

तिमीलाई अब मैले धोका कहिल्यै दिन्न भनि
बाचा कसम  खाईकन मन्दिरबाट आयो अरे ।।

भावी दिनमा दुई ज्यान एकै भई जिउने भनि
संघर्षको वाटोतिर अव आफै छायो अरे ।।

        ◘ मनेज अधिकारी
           फूलासी–५ रामेछाप

नेतालाई कूर्चिमाथि बसाउन युद्ध भयो
जनताका छोरालाई फसाउँने युद्ध भयो ।

के पाएँ खै दशौ वर्ष जङ्गल गई युद्ध गरि
भताभुङ्ग बनाई दुश्मन हसाउँने युद्ध भयो ।

खोजेको थे जनताले शान्त्ति अनि रोजगार
भोकै प्यासि आँखा रसाउन युद्ध भयो ।

कोहिको सिन्धुर चुरा फूटे कोहिको आधार ढलेकोछ्
हृदयमा पिर ब्यथा पसाउन युद्ध भयो ।।

        ◘ तारा खड्का,दैलेख
           हालः महेन्द्र रत्न ताहाचल

        मुक्तक

  
     १
म मौन बस्दा नबोलाओ मलाई
पीडाहरुले डस्दा नबोलाओ मलाई ।
नपाएर साहारा आफैसँग दुःखी भई
आँखाबाट खस्दा नबोलाओ मलाई ।।
        २
सबै ढुङ्गा यहाँ मूर्ति हुदैन
सालीन मान्छेसँग फूर्ति हुदैन ।
कतै टाले जीवन कतै भ्वाङ पर्छ
आवश्यकता सबै पूर्ति हुदैन ।।
        ३
अब आफ्नै ढुकढुकीमा हुन सक्नु पर्छ
देश रुदाँ तिमी नि रुन सक्नु पर्छ ।
कस्को पेवा हो र देश हैकम चलाउँन
अरुबाट स्वतन्त्र हुन सक्नु पर्छ ।।

        ◘ निशान निष्कर्ष
                सचिवः(मधुवन साहित्यिक प्रतिष्ठान नेपाल)

        कविता

    तुसारो ताप्न छाड

पुषको तुसारोे तापेर
ताराहरुको उज्यालोमा रमाउँदै,
तस्बिर खिचाउँन पर्खिरहेछन्
एक हुल स्वाभीमानीहरु
फोटो स्टुडियोमा !

कलियुगको प्रतिनिधित्व गर्दै
मिथ्या कर्म अगाँलेर
जीवनको रंगमञ्चमा
तछाँड मछाँड गरिरहेछन्
लेनिन,बुई र आइस्टाइन जन्माउने
प्रतिबद्धतामा हस्ताक्षर गर्न
लामबद्ध भिड छ सज्जनहरुको
फोटो स्टुडियोमा ।।

तर,
विडम्बनाता,
तिम्रा प्रतिबिम्बहरुमा
बास्तविकता नझुलेर चिच्याउदैछन्
पात्रहरु,
बिचारको ज्वाला बालेर
कुकृत्यको अन्त्य गर्न
हौसिएका छन् बुज्रुकहरु

किनकी,
मिर्मिरेले रातलाई नचिने झै
तिम्रा तस्विरहरुले
तिमीलाई चिन्दैन रे
पागलहरु लाई देख्दैनन् रे
बुज्रुकहरुलाई बुझ्दैनन् रे
अपनत्व अँगालेर
तिम्रै अपमानमा जुटिरहेको छ रे,
त्यसैले,
विवेकी मूर्खहरुको दाहसंस्कार गर्दै
कोमल क्रुरहरुको अन्त्य गरी
पागल, बुज्रुकहरुको उदार गर्ने
आत्मस्वतन्त्रताको रुपमा
मौलिकता फुलाएर बाच्नलाई
तुसारो ताप्न छाड ।
स्टूडियोम अर्धनग्न तस्बिर
खिच्न छाड ।।

        ◘ सर्गमञजरी ’कृष्ण’
           खोटाङ–४ छिता पोखरी
           हालः महेन्द्र रत्न ताहाचल

जिन्दगीको एक पाटो

प्रकृतिको नियम
जसलाई चाहेर पनि बदल्न सकिन्न,
कति कठोर अनि निर्दयी छ !
जसले स्वयमलाई गुमाएर
उसको पलपलमा साथ दिने गथ्र्याे
आज उही टुहुरी भएकी छे ।
तर पनि उसलाई कुनै प्रवाह छैन
प्रकृतिको अन्याय सम्झी
जिन्दगीको अथाहा सपनाहरु पगुरी
अन्दाकारमा लम्किन्छे,
तर विडमबना,
उसको पिर,मर्का कसैले बुझ्दैनन्
दश ठाउँ टालेको चोली लाएकी
शिसिर यामको सिरोटोसंगै
दुई हात फिजाई
जीवनको भिख मागीरहेकी थिई,
हिजो पनि र आज पनि मागिरहेकी छे,
तर माग्दा–माग्दै विलिन हुन्छे ।
विचरा उसको बच्चा,
यता उती गरी रहेको छ ।
आमाले खानेकुरा दिन्छिन भनेर
निन्द्रमा सयर गरेकी आमासंग
आमा भोग लाग्योÞ Þ Þ Þ Þभन्छ,
चिच्याउँछ, कराउछ, बर्वराउछ ।
तर,
आमाको निन्द्रा कहिल्यै नखुलेपछि
रुदै आमाको छेउ बस्छ ।
बाटामा ओहोर दोहोर गर्नेहरुले
रोएको देखेर एक,दुई पैसा दिन्छन्
त्यसैले पेट पुजा गर्दै ऊ,
रत्नपार्कमा प्रतिक्षारत घडीमा
अझै देख्न सकिन्छ ।
यति मात्र हैन त्यहाँ,
अन्धाकारमा बाच्नेहरु पनि देख्न सकिन्छ,
इशारामा चल्नेहरु पनि देख्न सकिन्छ ।
जीउने जिन्दगीमा यस्तै–यस्तै,
धेरै –धेरै देख्न सकिन्छ ,
यसलाई प्रकृतिको नियती अनि
बरदान ठान्नुपर्छ ।।
        ◘ रवि थापा
           फूलासी–५ रामेछाप,
         


निष्ठूरीको मन

खरानीको धुलो झै निष्ठूरीको मन
उजाडीएको मन देख्दा लाग्थ्यो फडिएको बन
चाहनु चाहना मात्र रहेनछ् निष्ठूरीको लागि झन्
खरानीको धुलो झै निष्ठूरीको मन

मलाई थाहा थिएन मेरो माया बन्छ रोग
घाउँ भन्दा नि असहन हुन्छ भन्ने के थाहा वियोग
छोडि नजाने नभने चढाई दिन्थे आफ्नै भोग
मलाई थाहा थिएन मेरो माया बन्छ रोग ।

सोचेको थिए मेरो माया बाडिदैन भनि
तिम्रै पर्खाईमा जुनेली रातमा तारा गनि
तिम्रो लागि अघिपछि गथ्र्ये भोक प्यास नभनि
सोचेको थिए मेरो माया बाडिदैन भनि ।

मागेको भए मुटु दिन्थ्ये हातमा
मरे पनि मेरो आत्मा रहन्थ्यो तिम्रो साथमा
बहुला बनि हिड्थ्ये तिम्रो मायाको मातमा
मागेको भए मुटु दिन्थे हातमा ।

समय नलाग्ने रहेछ आखाबाट आँशु बहन
चोट भन्दा जटिल रहेछ मायाको चोट सहन
यस्तो संसार देख्न पर्थेन जोगि भई हिडेको भाँ
समय नलाग्ने रहेछ आखाबाट आँशु बहन ।।

        ◘ सुरज कुमार मगर
           सर्लाही, सगरनाथ,

प्रस्ताव
  
मेरो प्रस्ताव के भो होला तिमीसित मायाँ लाउने
सदर बदर के भो कुन्नी चाहना छ थाहा पाउने ।।
स्विकृतीको नजरले हेरी दिए पुग्छ
सरमका पलहरु झुकाइदिए पुग्छ ।।
म त आकर्षित भैसके छु तिम्रो मधुर बोलाइले
भित्र घाएल भैसकेछु तिम्रो कर्के हेराइले ।।
जब तिम्रो याद आउछ टोलाउन थाल्छु
कल्पनाको अँगालोमा लोलाउन थाल्छु ।।

        ◘ राजकुमार खड्का
           फूलासी–२ हर्रे,रामेछाप

गणित विशेष

    गणितको उत्पति र विकास पृथ्वीमा मानव जातिको उत्पतिसँगै गणितको जन्म भएको पाइन्छ । मानव जातिको तत्कालिन आवश्यकतालाई पूर्ति गर्ने क्रममा यसको उत्पति भएको हो । जङ्गली सभ्यताको मानिसले गणितलाई उनिहरुको समूदायको सदस्यसंख्या तथा जनावरहरुको संख्या थाहा पाउन ढुङ्गा वा लठ्ठीको प्रयोग गरेको पाइन्छ । पछि मानिसहरु विकसीत हँुदै जाँदा राज्यको स्थापना भएपछी जनसंख्या, आकार, गन्ति दुरी, समय आदिको बारेमा सुचना प्राप्त गर्न उन्नत जातको गणितको आवश्यकता भएकोले गणितको नयाँ सिदान्त्त,धारणा,संकेत,संख्या,साध्य तथा सम्बन्धहरु आविस्कार हुँदै गए । आवश्यकता नै आविस्कारको जननी हो ,भनेझै त्यसपछि गणित सम्बन्धी साध्यहरु,स्वीकृतिहरु,र परिभाषावाट तार्किक परिणामहरु विकसीत गर्न वैज्ञानिकहरु लागि परे । प्राचीन सभ्याहरु जस्तै, वेवोलियन, इजिप्टसिउन, रोमन, ग्रिक, अरब, तथा हिन्दुहरुले गणितिय क्षेत्रमा व्यापकता दिइएको पाइन्छ । पाइथागोरस, इयुक्लिड, प्लुटो, आर्कमिडिज, एपोलोनिअस, टोलोमी, पेपस,  डाइफेन्टस, डिस्कार्टस, कोन्टर, न्युटन, गसस यस्ता गणितिज्ञहरुले यस क्षेत्रमा योगदान पु¥याएका छन् र अहिले पनि यसको धारणा, सिदान्त्त तथा आविस्कार हुने क्रम जारी नै छ ।

नेपालमा गणित प्रतिको धारणाः
हाम्रो राष्ट्रमा गणितको महत्व र अर्थ वा यसको दैनिक जीवनमा उपयोगीताको बारेमा स्पष्टसँग सवै मानिसहरुलाई थाहा नहुँदा गणितको उपयोगीता तथा विकास नभएको पाइन्छ । हामीले शिक्षीत तथा पढ्दै गरेका मानिसलाई सोध्यौँ भने कसैले पढ्न आनन्ददायक विषय,कसैले एसलाई निराशजनक तथा दुर्गतिपूर्ण विषय मान्छन् भने कतिले यसलाई अहिलेको जल्दो–बल्दो भाषा अनुसार वुर्जुवा शिक्षा वा अर्मूत पद्धति मानेको पाइन्छ । अझ पढेलेखेको वा शिक्षीत मान्छेलेनै यसलाई १ देखी १०० सम्म अङ्कको जोड, घटाऊ, गुणन र भाग गर्ने कृया हो भन्ने गरेको पनि पाइन्छ, एकपटक चिन्तन गर्नुस् त हामीले प्राकृतिक संख्या भनेर ० देखी ९ सम्मलाई वझिन्छ तर उनिहरुले यति पनि ख्यालै नगरी उत्तर दिन्छन् । नपढेका मानिसहरुलाई सोध्यो भने उनीहरुले पनि संख्यात्मक जोड, घटाऊ, गुणन, भाग कृयालाई वुझ्ने गरेको पाइन्छ । नपढेका मानिसमा यस्ता धारणा बस्नु त स्वभाविकै हो । दैनिक जीवनमा यस्ता कृयाहरु प्रसस्त मात्रामा प्रयोग भएको हुन्छ ।

    अतः हामीले गणित भनेको अंकगणीत मात्र होइन भन्ने कूरा बुझ्नुपर्ने हुन्छ । अंकगणीय त गणितको एउटा मात्र भाग हो । हाम्रो देशमा कतिपय शिक्षकहरु नै गणितको स्पष्ट धारणाको अभावको कारण विद्यार्थीहरुपनि त्यस्तै नराम्रो प्रभाव र अस्पष्टताको कारण गणितलाई जर्वजस्ति पढ्नुपर्ने विषय भनि यसको उपयोगीता, खोज, समस्या समाधान र प्रयोग भन्दा पनि घोकेर परिक्षमूखी तरिकाले पढ्ने र पढाउने चलन छ । अङ्कगणितको मात्र व्यवहारीक काम र दैनिक जीवनपयोगी भएको, विजगणित तथा ज्यामिती अनुपयोगी हो भन्ने धारणा अधिकांश नेपाली विद्यार्थीहरुमा भएको तथा शिक्षकहरुमा धारणा दिने खुवी नभएको कारण हाम्रो देशमा गणित अत्यन्त पछाडी परेको छ । गणित हाम्रो व्यवहारीक जीवनको महत्वपूर्ण अङ्ग हो । यसको प्रयोगवाट हाम्रो दैनिक जीवन सहज हुन्छ । सामानहरुसँग महत्वपूर्ण भूमिका खेलेको हुन्छ । धार्मीक स्थल मठमन्दिर, गुम्वा आदि देखी लिएर दैनिक उपयोगी सामान डोको, नङ्ला,प्लेट आदि सम्पूर्ण बस्तुहरु ज्यामितीय आकारमा निर्माण गरिएको हुन्छ । के यसमा गणित छैन त? यस्तै हाम्रा सम्पूर्ण उठबस् गर्ने सामाग्री देखी लिएर खाने सम्पूर्ण कूराहरु गणित विना कल्पना पनि गर्ने सकिदैन् । विकसित राष्ट्रहरुले गणितको विभीन्न सुत्रहरुद्धारा वैज्ञानिक उपकरणहरु तयार वा निर्मान गरेका छन् । त्यसैले गणित विज्ञानको जननी हो भन्दा दुई मत नहोला । गणित विचार र चिन्तनको विश्लेषण गर्ने तर्र्कशिल विषय हो । प्राकृतिको नियमीतता र समानताको वर्गिकरण गर्ने गणितले मानिसको ज्ञान, तार्किक क्षमता, तथ्यपूर्ण खोज, स्मरणशक्ति आदिलाई बृद्धि गर्छ । त्यसैले सम्पूर्ण मानिसले यसको अर्थ र प्रयोगलाई वुझेर गौण अध्ययन गर्नू अत्यन्त जरुरी छ । गणित मानिस जातिको आवश्यकता हो ।

गणित रोचक
तलको खाली ठाउँ भर्नूहोस्

११ ह––––––––––––––––––– = १२१
–––––––––––––– ह ––––––– = १२३२१
–––––––––––––––ह ––––––– = १२३४३२१
१११११ ह १११११               = ––––––––
––––––– ह –––––––– ं२    = ११
१२ ह     ––––– ं ३           = १११
––––––– ह –––––––––– ं ९   = १११११११११

नोट ः माथीको उत्तर बसन्त पल्लभको कूपनमा नै पठाउँनु पर्नेछ । सही उत्तर पठाउँने मध्ये गोलाप्रथाद्धारा एक जनालाई वार्षीक ग्राहक बनाइने छ ।

                          
◘ रिना कार्की “भावना“
  फूलासी— १ रामेछाप

स्रोट ः वसन्त पल्लव र अन्य पत्रपत्रिका



जिन्दगीको एक पाटो

प्रकृतिको नियम
जसलाई चाहेर पनि बदल्न सकिन्न,
कति कठोर अनि निर्दयी छ !
जसले स्वयमलाई गुमाएर
उसको पलपलमा साथ दिने गर्थी
आज उही टुहुरी भएकी छे ।
तर पनि उसलाई कुनै प्रवाह छैन
प्रकृतिको अन्याय सम्झी
जिन्दगीको अथाहा सपनाहरु पगुरी
अन्दाकारमा लम्किन्छे,
तर विडमबना,
उसको पिर,मर्का कसैले बुझ्दैनन्
दश ठाउँ टालेको चोली लाएकी
शिसिर यामको सिरोटोसंगै
दुई हात फिजाई
जीवनको भिख मागीरहेकी थिई,
हिजो पनि र आज पनि मागिरहेकी छे,
तर माग्दा–माग्दै विलिन हुन्छे ।
विचरा उसको बच्चा,
यता उती गरी रहेको छ ।
आमाले खानेकुरा दिन्छिन भनेर
निन्द्रमा सयर गरेकी आमासंग
आमा भोग लाग्यो भन्छ,
चिच्याउँछ, कराउछ, बर्वराउछ ।
तर,
आमाको निन्द्रा कहिल्यै नखुलेपछि
रुदै आमाको छेउ बस्छ ।
बाटामा ओहोर दोहोर गर्नेहरुले
रोएको देखेर एक,दुई पैसा दिन्छन्
त्यसैले पेट पुजा गर्दै ऊ,
रत्नपार्कमा प्रतिक्षारत घडीमा
अझै देख्न सकिन्छ ।
यति मात्र हैन त्यहाँ,
अन्धाकारमा बाच्नेहरु पनि देख्न सकिन्छ,
इशारामा चल्नेहरु पनि देख्न सकिन्छ ।
जीउने जिन्दगीमा यस्तै–यस्तै,
धेरै –धेरै देख्न सकिन्छ ,
यसलाई प्रकृतिको नियती अनि
बरदान ठान्नुपर्छ ।।

- रबि थापा


वास्तविकता

ठूलो कष्ट भोगेपछि
अनौपचारिक अनुभूति आउछँ
अनि सन्देश वाहक नसाहरु
नसा–नसा चुम्दै
जाजरकोट पुग्छन्
हुम्ला,जुम्ला र महाकाली हेछर््न
अनि त्यहाँको दर्दनाक स्थिती,
र यति ठूलो भयानक महामारी पनि ।
तर,
खै सरकारको दायित्व ?
महामारी क्षेत्रको जनसँख्या
दिन दुगुना र रात चौगुणा वड्दैछ
कति मात्र सहनु जनताले
बजार भाउ आकासिदो छ ।
काठमाण्डौको फोहोर र दुर्गन्धले
स्वाइनफ्लू नआउला भन्न सकिन्न
देश बनाउँछु भनेको सरकारले
भ्रमण र सपथ खादै ठीक छ
महान छन हाम्रा राजनीतिज्ञहरु
अनि नेता भनौदाहरु पनि,
भनिन्छ नी बाँदरले आफु पनि घर बनाउदैन
र अरुले बनाएको पनि भन्काउँछ भनेर
हो यही प्रवृत्तिबाट पोतिएका छन्
हाम्रा देश हाक्ने ड्राईभरहरु
यस्तै–यस्तै हुने हो भने,
देशको अस्तित्व जोगाउन
सायद हम्मे–हम्मे पर्नेछ
अनि देशले बाध्य भएर
बनाए हुन्छ ओटोहन
जन्माए हुन्छ डाःगेटलिङ्ग
बनाए हुन्छ मेसिनगण र
चलाए हुन्छ तेस्रो विश्व युद्ध ।
जलाए हुन्छ नव वुद्ध
ढाले हुन्छ पूर्खाको धरोहर ।।

- रबि थापा


कला चाहिदोरहेछ

कसैको आदर्श लाग्छ
ओइलिएको फूल जस्तो
कसैको सिद्धान्त लाग्छ
च्यातिएको झुल जस्तो
कसले गर्ला यो समाजको हित
देश पनि लाग्न थाल्यो
भत्किएको पुल जस्तो
सिर्जनाको नशामा डुव्न पनि
भावनाको कलम चाहिदो रहेछ
सफलताको शिखर चढ्न पनि
भावनाको आँट चाहिदो रहेछ
सोचे जस्तो नभइदिदा जीवन
कहिले त यस्तो लाग्छ
आफ्नै प्रियसीलाई चुम्न पनि
कला चाहिदो रहेछ ।।

- इन्दिरा थापा

वियोग

पत्थरको मन किन आज
दिन–दिन पग्लदै छ
एक सुरमा बगेको खोला किन आज
दोबाटोमा पुगी अल्झेको छ
दिन विते रात अनि वर्ष वितिसके
सम्झना यो मनबाट कत्ति पनि हटेन
तिम्रै यादमा छट्पटीदै कति दिन विते
तर तिम्रो रुपको दर्शन कहिल्यै पाइएन
सँगै हास्दै खेल्दै बितेका थे सुरुका दिन
बीच बाटामै हात छाड्यो सोच्यारैछौ घृणा हरक्षण
छाडी गयौ तिमी टाढा–टाढा किन
बियोेगमा छटपट्दिै बाँचिरैछु हरक्षण
बेसुरको बेढंगको बेचैन भाछ जीवन मेरो
अन्तिम क्षणमा जीवनको मागिराछु साथ तिम्रो ।।

- इन्दिरा थापा

किसान

घाम पानी अनि आँधी हुरीको परवाह नगरी
बिहानीको प्रभात सँगै
खेतबारीमा पौँठाजोरी खेल्न पुग्छ किसान
उसलाई कुनै विश्रामको आवश्यकता पर्दैन
किनकी उसले पसिनाले माटो भिजाउन जानेको छ
मेहेनतले अन्न भित्राउन जानेको छ ।
ऊ उदार हृदयले भरदिन परिश्रम गर्छ
बेलुकीको गाँस टिपाई सँग मिठो तन्द्रामा हराउँछ
भरदिन परिश्रमको पसिना सम्झेर होला
सायदःनिन्द्रादेवीले किसानलाई मिठो सपना देखाउँछिन
ऊ सपनामा हराउँछ, मेहेनतमा रमाउँछ
भोलिपल्ट बिहानै ऊ खेतमा पुग्छ
सपनामा देखे झै उसले पसिनाले माटो भिजाएर
लगाएको बीउ बिजन एंव अन्न बालीहरु
लहलह हावाको झोक्कासँगै बहेली खेलेको देख्छ
अनि उसको मन भित्रैदेखि हर्षले
हर्ष विभोर भई फुरफुर नाच्न थाल्दछ
सायदः यस्तै अथाह मेहेनत र परिश्रम गर्न सकेर नै होला
मानो खाएर मुरी उब्जाउने जात भनेर
सिसानलाई चिनिन्छ ।।

- इन्दिरा थापा


किन ?

यदि भावनाभित्र देवता भेटिन्छ भने
सधै मन्दिरमा धाउँछौ किन
खहरेको पानीले तिर्खा मेटिन्छ भने
सधैँ सागरमा जान्छौ किन          
दीयोको उज्यालोले अँध्यारो छिचोलिन्छ भने
टुकि बक्तीको साहारा लिन्छौ किन
तिखो वचनले मुटु बिझाउँछ भने
बोलीको प्रतीक्षामा बस्र्छौ किन
चौतारीको छाँयाले शितल हुन्छ भने
हिमालको फेदीमा पुग्छौ किन
यदि यात्रा नै अधुरो हुन्छ भने
झुटो आशा देखाउदै अघि बढ्यो किन ।।

- इन्दिरा थापा


नयाँ नेपाल

नयाँ नेपाल सिंगार्नु छ देशको मुहार फेर्नलाई
सबै जनता हतारमा छन दिगो शान्त्ति हेर्नलाई
राजा होइन देशको शासक जनता आफै हुने भयो
तानाशाही बिगत सम्झी धुरुधुरु रुने भयो
देश हाक्ने लगाम अब हाम्रै हातमा परेको छ
सारथी भइ समरमा जनता अघि सरेको छ
वीरहरुको सपनालाई साकार पर्नु पक्कै पर्छ
लोकतान्त्रिक गणतन्त्रको भित्रै जरो गाड्नु पर्छ
लोकतन्त्रले पुगेन है गणतन्त्र चाहिएको छ
वीरहरु वीरताले हक खोज्न पाइएको छ
हिमाल पहाड तराई सवै एकै हुन सक्नुपर्छ
पहाडलाइ चोट लाग्दा हिमाल रुन सक्नुपर्छ ।।

- इन्दिरा थापा




तिमीलाई माया नगरी म रहन सकु अव त्यो असम्भव नै छ ।
वर्षतको पानीले के भन्न खोज्छ र किन जमिन रसाउछ ।
मेरो पनि मन रसाएको छ ।
अव मेरो मन ढुकढुकीमा सधै तिम्रो माया नै पलाउछ ।
आफ्नो भन्नु एउटै मन थियो तर अव कसैको मायामा त्यो पनि मलाई छाडेर टाढा हुन खोज्दैछ ।
विपनाको त कुरै छाडौ, सपनामा पनि मलाई माया लगाएर फेरी छाडेर जान नखोज ।