Thursday, February 21, 2013

के तपाईं कम्प्युटर मा Alarm घडी Set गर्न चाहनुहुन्छ ?
हुन त कम्प्युटरमा Alarm घडी किन Set गरिराख्नु पर्यो र Taskbar मा नै highligh भएर बसिराखेको हुन्छ तर त्यसैले शाहेद यो तरीका कसैलाई फाल्तु पनि हुन सक्छ होला र खासै भन्नु पर्दा मलाई पनि त्यती त मन परेको होइन यो तरीका तर पनि उखान छ नि "जानी राखे राम्रो" त्यसैले कोहि साथीहरुलाई थाहा छैन कम्प्युटरमा कसरी Alarm set गर्ने भन्ने बारेमा यसको लागी कुनै सफ्टवेर पनि डाउनलोड गरिराख्नु पर्दैन र Taskbar मा घडी छ भन्दैमा त्यहि घडीलाई हेरेर पनि त बस्नु भएन आफ्नो समयको सुइलाई कुनै बेला झुकिन पनि सकिन्छ यी सबै कुरालाई सोचेर यहाँ तल Alarm set गर्ने बारेमा लेखेको छु एकचोटी पढ्नुस अनि मन लागे तरीका पनि अपनाउनुस

१. सबैभन्दा पहिला "Start" button मा click गरी "Control panel" मा गएर "Administrative Tools" मा क्लिक गर्नुहोस

२. त्यसपछी अब अर्को नयाँ Window खुल्नेछ र त्यहाँ हजुरको mouse scroll गरी हेर्नुस कहाँ छ "Task Scheduler" त्यसमा क्लिक गर्नुस होइन भने "Start" button मा क्लिक गरेर त्यहाँ Search bar मा "Task Scheduler" मा क्लिक गर्दा पनि हुन्छ

३. त्यसपछी त्यहाँ खुलेको Window मा Right side तिर हेर्नुहोस "Create Basic Task..." देख्नुहुनेछ त्यसमा क्लिक गर्नुहोस

४. अब त्यहाँ खुलेको Box मा तल "Name:" ब्भानेको खाली कोठामा Alarm clock लेख्नुहोस र तल "Description:" को खाली कोठामा आफुले चाहेको कुनै पनि लेख लेख्न सक्नुहुन्छ र पुछारमा रहेको "Next" button दबाउनुहोस

५. र त्यहाँ अब हजुरले कहिले-कहिले Alarm बजाउने भनेर सोधेको हुन्छ जस्तै:Daily, wikly, monthly, one time only, कहिले कुनै एकमा ठिक लगाएर तल "Next" button थिच्नुहोस

६. अब फेरी त्यहाँ हजुरले Alarm कती गतेको कती बजे बजाउने भनेर सोधेको हुन्छ हजुरले त्यहाँ "Start" मा रहेको Date and time fix गरी तल "Next" button दबाउनुहोस

७. अब फेरी त्यहाँ हजुरलाई "Action" मा सोधेको हुन्छ जस्तै: "Start a program" "end an e-mail" "Display a message" हो अब हजुरले त्यहाँ रहेको तीन Option मध्य सबैभन्दा माथीको "Start a program" मा tick लगाएर तल "Next" button मा क्लिक गर्नुहोस

८. अब चाहिं करीब अन्तीम मा आइसकेका छौं हामी हो अब त्यहाँ नयाँ खुलेको Windows मा हेर्नुहोस त्यहाँ "Browse..." लेखेको छ हजुरले त्यसमा क्लिक गरेर आफ्नो कम्प्युटरमा रहेको कुनै एउटा Music file लाई Select गर्नुहोस र यसको तल पनि "Next" button दबाउनुहोस

९. अब भने Alarm set सकियो भन्दा पनि हुन्छ तर पर्खिनुहोला अझै सानो काम छ हो अब त्यहाँ खुलेको Windows को तल हेर्नुहोस "Finish" button मा क्लिक गर्नुहोस

अब तपाइंले Windows को फाइलहरु बन्द गरेर कम्प्युटर चलाउन सक्नुहुन्छ र Alarm भने तपाइंले Set गरेको समय मा automatic बज्नेछ enjoy yourself


No comments:

Post a Comment