के
तपाईँले Firefox
मा Facebook मेसेन्जर जोडनु भयो ?
के तपाई फेसबुक प्रयोग गर्नुहुन्छ ? । सामाजिक सञ्जालको दह्रो पकड चलेको बेलामा यो प्रश्न नै बे-अर्थी हुनसक्छ । अनि के तपाई फायरफक्स वा मोजिला फायरफक्स चलाउनु हुन्छ ? । हालैका तथ्याङ्कहरू हेर्ने हो भने इन्टरनेटमा चलाउने विश्वका करिब एक तिहाइ मानिसले फायरफक्स चलाउँछन् । तब के त फायरफक्स चलाउने सबैले फेसबुकको अपडेट, फ्रेन्ड रिक्वेस्ट र मेसेजहरू हेर्न फेसबुकको पेजमै जानु पर्छ त ? । केही समय अगाडिसम्म यसको जवाफ ‘हो’ हुन सक्थ्यो ।
त्यसो त अनगिन्ती अनुप्रयोगहरु जोडन सकिने गरेर बनाइएको फायरफक्समा यो भन्दा पहिला पनि फेसबुकको लागि कुनै उपयोगी ‘एडअन’ नभएका हैनन् । तर केही समय अगाडि अर्थात फायरफक्सको १७ औँ संस्करण सार्वजनिक भएपछि भने फायरफक्स प्रयोगकर्ताहरुको लागि फेसबुकको आफ्नै अनुप्रयोग उपलब्ध भएको छ। जसको उपयोगबाट इन्टरनेट चलाउँदाको अवस्थामा कुनैपनि पेजमा रहँदा वा कुनैपनि साइटको भ्रमण गर्दा सो पेज नछाडि फेसबुकको सबै जानकारी र अपडेटहरू लीन सकिन्छ ।
हाललाई फेसबुकको लागि मात्रै यस्तो सुविधा उपलब्ध गराएको फायरफक्सले आगामी दिनहरू आफ्नो यो Social API को विकासबाट ईमेल लगाएत अन्य सामाजिक सञ्जालको लागि समेत यस्तै एप्लिकेसनहरू बन्ने सङ्केत गरेको छ। त्यसैले हालालाई फेसबुकमा मात्रै उपलब्ध यो सुविधा केही समय पछि ट्वीटर, ईमेल लगाएत अन्य समाचार साइटहरूको लागि समेत उपलब्ध हुन सक्नेछन् ।
अहिले भने, तपाईँ कुनै समाचार साइट, इमेल पेज वा अन्य कुनै पनि पेज हेर्दै हुनुहुन्छ भने पनि सोही पेजबाट आफ्नो फेसबुकको सम्पूर्ण जानकारी लिन र गतिविधि निरीक्षण गर्न सक्नुहुन्छ ।
न्यूनतम आवश्यकता :
यो सुविधा लिन एउटा फेसबुकक एकाउन्ट हुनु र फायरफक्सको १७ औं संस्करण तपाईको कम्प्युटरमा हुनु जरुरी हुन्छ ।
अत: तपाई पनि इन्टरनेट चलेको अवस्थामा कुनै पनि साइट वा पेजमा भएको बेलामा जुनसुकै पेजबाट पनि फेसबुकमा अपडेट हुन चाहनुहुन्छ भने यसो गर्नुस:
१) सर्व प्रथम त माथि भने जस्तै सुविधा लीन कम्तीमा पनि फायरफक्सको १७औ संस्करण तपाईको कम्प्युटरमा हुनु जरुरी छ । त्यसैले यदि तपाईँको कम्प्युटरमा फायरफक्सको १७ औं संस्करण छैन भने आफ्नो ब्राउजरलाई अपडेट गर्नुहोस वा फायरफक्सको ताजा संस्करण यहाँबाट डाउनलोड गर्नुहोस् । http://www.mozilla.org/en-US/firefox/fx/#desktop
२) अब फेसबुकमा लगईन भएको बेलामा यो पेजमा जानुहोस र तलको चित्रमा जस्तै “Turn on” लेखिएको ठाउँमा क्लिक गर्नुस्।
https://www.facebook.com/about/messenger-for-firefox
३) तपाईँको स्क्रिनमा फेरि एउटा "You've turned on Facebook Messenger for firefox" भन्ने मेसेज आउन सक्नेछ । त्यसलाई "OK" गर्नुहोस्।
४) अब तपाईको ब्राउजरको माथिल्लो दाँयाभागमा वायाँतर्फको चित्रमा जस्तै फेसबुक मेसेन्जर बस्नेछ । जसबाट तपाईँले कुनै पनि पेज वा ट्याबबाट फेसबुकको तत्कालको स्थिति अवलोकन गर्न सक्नुहुन्छ ।
त्यसमा रहेका आइकनहरुमा क्लिक गरेर नयाँ मेसेज पढ्ने, नयाँ नोटिफिकेशन हेर्ने लगाएत नयाँ साथीको ‘फ्रेन्ड रिक्वेस्ट’ आदि स्विकार्ने वा हस्विकार गर्न सक्नुहुन्छ ।
साथै यो पुरै एप्लिकेसनलाई साइडबारमा देखाउन वा लुकाउन पनि सक्नुहुन्छ ।

No comments:
Post a Comment